कोरोना महामारी पछि फेरि अर्को महामारी आउने भन्दै WHO ले दियो यस्तो चेतावनी !

1 min read

काठमाडौँ। विश्वभरमा कोरोनाभाइरसको सन्त्रास रहिरहँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संसार अर्को महामारीको लागि तयार रहनुपर्ने चेतावनी दिएको छ। सोमवार डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयसस संसारले अर्को महामारीको लागि राम्रोसँग तयार रहनुपर्ने बताएका छन्। *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

उनले विश्वका सबै मुलुकहरुले सार्वजनिक स्वास्थ्यमा लगानी गर्न आह्वान पनि गरेका छन्। डब्लुएचओको जेनेभास्थित मुख्यालयको प्रेस ब्रिफिङमा टेड्रोसले भने, ’कोरोनाभाइरस संसारको अन्तिम महामारी होइन, इतिहासले प्रकोप र महामारी जीवनको एक तथ्य हो भनेर सिकाएको छ।’ त्यसैगरी, संसारमा अब अर्को महामारी आउँछ त्यसको लागि विश्वले अहिलेको तुलनामा भन्दा थप सचेत र तयारी अवस्थामा रहनुपर्ने उनले बताए।

सन् २०१९को डिसेम्बर महिनामा चीनको वुहान शहरमाबाट फैलिन शुरु भएको कोरोनाभाइरसले हालसम्म विश्वमा २ करोड ७४ लाख ८९ हजार ३ सय ७१ जना संक्रमित बनाइसकेको छ भने यसबाट अहिलेसम्म विश्वमा ८ लाख ९६ हजार ८ सय ६७ जनाले ज्या’न गु’माइसकेका छन्।

Facebook Comments
error: Content is protected !!