संविधान दिवस गलफ्रेण्ड र ब्वाईफ्रेण्ड भेट्नका लागि होइनः मन्त्री बास्कोटा

1 min read

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउन सबैलाई आह्रवान गरेका छन् । सरकारले दिएको सार्वजनिक विदाको सदुपयोग नभएको भन्दै मन्त्री वास्कोटाले तिखो ब्यगं गरेका छन् ।संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा मन्त्री बाँस्कोटाले तिखो ब्यग्य गरेका हुन् । उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिएएकाले त्यसको सदुपयोग गर्न आग्रह गरे । उनले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ–संस्था, निजी क्षेत्रका संघ–संस्थालगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनु पर्नेमा जोड दिए ।

उनले भने, ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, बियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन । फाइनल कुरा यही हो । सिधा सिधा । राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।’ उनले संविधान दिवसलाई कर्मकाण्डीभन्दा भिन्न रुपमा सबै वर्ग विशेषको सहभागिता हुनेगरी हर्षोल्लासपूर्ण रुपमा मनाउनका लागि सिर्जनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकार वालाहरुलाई आग्रह गरे । संविधान दिवस मूल समारोह समितिअन्तर्गत सञ्चारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचारप्रसार उपसिमितिले बुधबार सञ्चारक्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरुसँग छलफल गरेको हो ।

Facebook Comments
error: Content is protected !!