पूर्वराजा ज्ञानेन्द्र शाहको चिया बगानको घाँसले किसानका ५ ख’सी म’रे

1 min read

९ का किसान टेकबहादुर कटुवालले पालेको पाँच वटा खसी अचानक म’रेका छन् । बिक्री योग्य भइसकेको पाँच वटा खसी मरेपछि किसान कटुवाललाई झण्डै १ लाख रुपैयाँ भन्दा बढी नो’क्सानी भएको बताए ।उर्लाबारी ९ भोटेपुलका टेकबहादुर कटुवालले खसीलाई घाँस ल्याउँदा नचिनेर ल्याएको उल्टी झार नामको स्याउला खाएपछि खसी म’रेका हुन् ।

उक्त घाँस खाएपछि खसीको पेट फु’लेको थियो भने उपचार गर्न नपाउँदै खसिहरु मरिसकेका थिए ।उल्टी झारलाई विषालु झार मानिन्छ र यसको काँडा उल्टो हुन्छ । लज्जावति झार जस्तै देखिने झार दमक स्थित हिमालय चिया बगान वरिपरी लगाइएको छ । उक्त चिया बगान पूर्वराजा ज्ञानेन्द्र शाहको हो ।

घाँस खाएपछि म’रेका खशी ।पशुचौपायले चिया बगानमा नोक्सानी गरेपछि त्यसलाई रोक्न यो झार लगाइएको बताइएको छ । यो झार रतुवा र मावा खोला किनारमा पनि पाइने गरेको स्थानीयबासीहरुले बताएका छन् ।चिया बगानबाट ल्याएको घाँस देखाउँदै किसान ।
अचानक खसी म’रेपछि स्थानीयएक युवाले उर्लाबारी नगरपालिकामा खबर गरेका थिए ।

नगरपालिकाबाट कृषि शाखाबाट बिष्णु भट्टराईसहितको टोली घ’टनास्थलमा पुगेको थियो । लक्षणहरुको अध्ययन गर्दा फुड पोइजनका कारण खसी म’रेको र अन्य रो’गका कारण घ’टना नभएको पाइएको भट्टराईले बताए।

Facebook Comments
error: Content is protected !!