नेपालमा हुन लागेको कोरोना भाइरस खोपको परीक्षणबारे सबैले थाहा पाउनैपर्ने तीन कुरा –

1 min read

सरकारी अधिकारीहरूले नेपालमा कोरोनाभाइरसका तीनवटा खोपहरूको चाँडै परीक्षण सुरु हुन सक्ने बताएका छन्। उनीहरूका अनुसार ती खोपहरूको परीक्षण “अनुसन्धानको विश्वव्यापी मापदण्डहरू” पालना गरेर मात्र सुरु हुनेछ। नेपालमा चीन, रुस र अक्सफर्ड विश्वविद्यालयले बनाएका खोपको परीक्षण हुन लागेको हो। परीक्षणहरूमा सहभागी हुने स्वयम्‌सेवकहरूलाई पूर्ण जानकारी दिएर उनीहरूको पूर्वस्वीकृति लिइने र वैज्ञानिक ढङ्गले परीक्षण गरिने सरकारी अधिकारीको भनाइ छ। *** पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

सामाजिक सञ्जालमा भने कतिपयले परीक्षणको आलोचना गरेको देखिएको छ। कोरोनाभाइरसको औषधि परीक्षणमा सहभागी हुन नेपाल पनि इच्छुक कोरोना भाइरसः रुसद्वारा कोरोनाभाइरसविरुद्ध खोप उत्पादन सुरु ती खोपको परीक्षणबारे बीबीसीले सरकारी अधिकारीहरू र विज्ञसँग कुराकानी गर्दा थाहा भएका मुख्य तीन कुराहरू यसप्रकार छन्:

१. प्रारम्भिक छलफल मात्र
हाल नेपालमा चीन, रुस र अक्सफर्ड विश्वविद्याले विकास गरेका खोपहरूको परीक्षणका लागि प्रारम्भिक छलफल मात्र भइरहेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीका अनुसार चिनियाँ कम्पनीले उत्पादन गरेको खोपको नेपालमा तेस्रो चरणको परीक्षणका लागि उसैले प्रस्ताव गरेको हो। परराष्ट्र मन्त्रालय हुँदै उक्त प्रस्ताव परिषद्‌मा आइपुगे पनि हालसम्म त्यसको जबाफ लेखिएको छैन।

पश्चिम नेपालमा रहेको एउटा सिमेन्ट कारखानामा कार्यरत चिनियाँ र नेपाली गरी करिब ५०० मजदुरहरूमा उक्त परीक्षणको प्रस्ताव आएको उनले बताए। त्यसका लागि मजदुर इच्छुक रहे वा नरहेको बारे एउटा आवेदन फाराम भराएको भए पनि अझै थुप्रै काम गर्न बाँकी रहेको उनले बताए। उनका अनुसार परिषद्‌ले इथिकल कमिटी बनाउन र परीक्षणको मापदण्ड बनाउनै बाँकी छ।

उनले भने, “हामीले स्वास्थ्य मन्त्रालयबाट अनुमति त पाएका छौँ तर अझै मापदण्ड बनाउने छलफल जारी छ।” कोरोना भाइरस: परीक्षणमा रहेको चिनियाँ खोप नेपालमा रहेका चिनियाँ कामदारलाई मात्रै कि नेपालीलाई पनि कोरोना भाइरस: खोप विकासमा अक्सफर्ड विश्वविद्यालयको ‘ठूलो सफलता’
त्यस्तै रुसमा बनेको खोपको नेपालमा परीक्षण र उत्पादन दुवै कार्यका लागि उसले प्रस्ताव गरेको ज्ञवालीले बताए।

उनका अनुसार सुरुमा राष्ट्रिय सभाका अध्यक्षलाई उक्त प्रस्ताव गरिएको र त्यसपछि परराष्ट्र र स्वास्थ्य मन्त्रालय हुँदै परिषद्‌मा आइपुगेको हो। ज्ञवालीले भने, “प्रस्ताव आएपछि हामीले सोमवार रुसी राजदूतसँग छलफल गर्‍यौँ। उहाँहरूको प्रस्तावमा परीक्षण मात्र होइन, उत्पादनको पनि कुरा छ।”

“नेपालमा खोप उत्पादन गर्न सकिन्छ कि सकिन्न, त्यो सम्भाव्यता पनि हेर्नुपर्छ।” उनका अनुसार रुसले १,००० जनामा परीक्षणको प्रस्ताव गरेको छ।यस्तै अक्फर्ड विश्वविद्यालयले चाहिँ विश्व स्वास्थ्य सङ्गठनमार्फत् नेपालमा पनि परीक्षण गर्ने चासो देखाएको हो।यसबारे चीन र रुसको जस्तो विस्तृत छलफल भइनसकेको ज्ञवालीले बताए।

२. परीक्षणको खर्च उत्पादकले नै बेहोर्ने
ज्ञवालीले नेपालमा ती खोपहरूको परीक्षण भएमा त्यसको सम्पूर्ण खर्च उत्पादकहरूले नै बेहोर्ने जानकारी दिए। उनका अनुसार नेपालमा गरिने परीक्षणमा सहभागी हुने स्वयम्‌सेवकले रकम पाउने वा नपाउने भन्ने अहिले नै तय भइसकेको छैन। तर त्यसका लागि विश्वव्यापी स्थापित मान्यतालाई नै पछ्याइने र त्यसै अनुसार मापदण्ड बन्ने उनले बताए।

परीक्षणका क्रममा कुन उमेर समूहका कस्ता मानिसलाई सहभागी गराउने, उनीहरूमा कुनै स्वास्थ्य समस्या देखिए के गर्ने, क्षतिपूर्ति र बिमाको के-कस्तो व्यवस्था गर्ने भन्ने विस्तृत विवरण मापदण्डमा लेखिने ज्ञवालीको भनाइ छ। उनले भने, “सबै मापदण्डहरू संसारभरि नै एकै खालका हुन्छन् तर कतिपय कुरामा भूगोल र हावापानीले पनि फरक पार्ने हुँदा सामान्य परिवर्तन हुनसक्छ। हामी अहिले मापदण्ड बनाउने चरणमै रहेका छौँ।”

३. स्वयम्‌सेवकको पूर्वस्वीकृति अनिवार्य
ज्ञवालीका अनुसार परीक्षणमा सहभागी स्वयम्‌सेवकलाई सबै कुराको जानकारी दिएर पूर्वस्वीकृति अनिवार्य लिने व्यवस्था गरिने छ। त्यस्ता स्वयम्‌सेवकले परीक्षणकै बीचमा पनि छाड्न चाहेमा उनीहरूकै इच्छा अन्तिम हुने ज्ञवाली बताउँछन्। उनी भन्छन्, “यस्ता परीक्षणमा खराबीभन्दा फाइदा नै धेरै हुनुपर्छ भन्ने मान्यता छ। तर कतिपयमा कुनै रियाक्सन हुन पनि सक्छ त्यस्तो अवस्थामा परीक्षण तुरुन्त रोक्नुपर्छ।” उनले परिषद्ले केही दिनभित्रै यस्ता मापदण्डहरू बनाउने र ‘इथिकल कमिटी’ बनाउनेछ। त्यसपछि मात्र परीक्षणका लागि थप कार्यहरू गरिनेछन्।

Facebook Comments
error: Content is protected !!