बा’नेश्वरमा को’रोना सं’क्रमितको उ’पचारमा ख’टी’एका डा’क्टर र नर्स बसेको घ’र घे’राउ”

1 min read

काठमाडौं । राजधानीको बानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेका छन् । शनिवार बिहान उनीहरुले होस्टेल सञ्चालकलाई गा’ली गलौ’जसहित स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याएका हुन् । सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित रानालाई उनीहरुले धक्याउँदै पचास साठी जनाको टोलीले घर घेराउ गरेको रानाले  जानकारी दिए ।

बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका स्थानीयले कोरोनाकाे महामारीकाे समयमा अनुमति बिना किन स्वास्थ्यकर्मीलाई होस्टलमा राखेको भनेर उनीहरुले धम्की दिएको रानाको भनाइ छ । उनले भने, ‘बिहानै आएर उनीहरुले हुलदंगा गर्न खोजे, घर घेराउ गरेर धम्की पनि दिए । स्वास्थ्यकर्मीमा होस्टलमा राखेको कारण मलाई दुर्व्यवहार गरे ।’

बानेश्वरमा २ वटा होस्टेल सञ्चालन गरेका रानाले खाली भएको एउटा होस्टलमा भदौ ४ गतेदेखि केही स्वास्थ्यकर्मीलाई राखेका थिए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा राख्नका लागि अस्पतालले उनीसँग आन्तरिक सहमति गरेको थियो । सोही अनुसार ४ गतेदेखि ४ जना स्वास्थ्यकर्मी होस्टलमा बस्न थालेका थिए । उनले होस्टलमा बस्न दिएका स्वास्थ्यकर्मीहरु स्वस्थ रहेको र कार्यालयको काम सकेपछि आएर बस्ने उनले सुनाए ।

रानाले बिहानको घटनापछि आफू निकै नै मानसिक तनावमा रहेको बताएका छन् । स्वास्थ्यकर्मीबाट कोरोना सर्न सक्ने भन्दै विभिन्न ठाउँमा दुर्व्यवहारको घटना हुँदै आएको छ । सरकारले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न आग्रह गर्दै आएको छ भने यदि कसैले दुर्व्यवहार गरेको पाइए कानुन अनुसार कारबाही हुने स्पष्ट पारेको छ । रातोपाटीबाट

Facebook Comments
error: Content is protected !!