रक्सीको कुलत छुटाउन यस्तो गर्नुहोस् !

1 min read

रक्सीको कुलत छुटाउन ज्वानोको झोल ज्वानो भान्सामा प्रयोग हुन्छ । यससँग सबै परिचित भए पनि यसका फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । महिला सुत्केरी हुँदा अधिक प्रयोगमा ल्याइने ज्वानो निकै पो’सिलो मानिन्छ । शिशुले आमाको दूध राम्रोसँग खान पाओस् भनि सुत्केरी महिलालाई समेत ज्वानोको झोल खुवाउने गरिन्छ ।

ज्वानो खानुका के के फाइदा छन् ? – दमबाट बच्न:- दम लागेका बिरामीले ज्वानोको धुवाँ लिने हो भने श्वास फेर्न सजिलो हुन्छ । ज्वानो र सख्खर मिलाएर दैनिक खाँदा दम रोगबाट राहत पाउन सकिन्छ । पत्थरीबाट राहत:- ज्वानो, मह र चुकको मिश्रण १० दिनसम्म प्रयोग गर्ने हो भने मृगौलाको पत्थरीबाट बच्न सकिन्छ ।

पेट दुखाईबाट बच्न:- मनतातो पानीमा ज्वानो र थोरै नुन हालेर खाएमा पाचन प्रक्रिया राम्रो हुन्छ । अपचको समस्या निराकरण गर्दै पेट दुखाईबाट लाभ प्राप्त गर्न सकिन्छ । ज्वानो त्यत्तिकै पनि खान सकिन्छ । तौल घटाउन:- ज्वानोले पाचनप्रक्रिया राम्रो बनाउँछ । जसले नियमित दिशापिसाबमा सन्तुलन ल्याई तौल घटाउन मद्दत गर्दछ । रक्सी छुटाउन:- रक्सी अम्मलीका लागि ज्वानो एकदमै फाइदाजनक मानिन्छ। ज्वानोमा पनि रक्सीमै हुने तत्व हुने भएकाले राति सुत्नेबेलामा दैनिक ३० देखि ५० मिलिलिटर ज्वानोपानी सेवन गर्नाले रक्सीको तलतल मेटिन सक्छ ।

हैजाको किटाणु मार्न:- हैजाको किटाणुमार्न ज्वानोले सहायक भूमिका खेल्दछ । त्यसैकारण हैजा लागेमा ज्वानो सेवन गर्न सकिन्छ ।
रुघाखोकीबाट बच्न:- जाडोमा रुघाखोकी लाग्नु सामान्य हो । यस्तो अवस्थामा भुटेको ज्वानो खाने हो भने रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ । मनतातो पानीमा ज्वानो चपाएर समेत खान सकिन्छ । ग्यास्ट्रिकबाट बच्न:- पेटमा भएको विकारयुक्त ग्यासबाट मुक्ति पाउन ज्वानो सेवन गर्न सकिन्छ । यसले पेटको ग्यास र विकारबाट तुरुन्त राहत दिन्छ ।

नेपाली समाजमा धेरै कुराको कुलत छ । जस्तै रक्सी, चुरोट, गाँजा तथा अन्य लागुऔषध । यो कुलत हो र यसलाई उपचारबाट ठीक गर्न सकिन्छ भन्ने ज्ञान कमै व्यक्तिलाई छ । रक्सीलाई विभिन्न नामले चिन्ने गरिन्छ । रक्सी, छ्याङ, तुम्बा, जाँड आदि भनेर नेपाली समाजद्वारा यसको नामकरण गरिएको छ । धेरै नपिईकन कहिलेकाहीँ पिउने गरेमा लामो समय खाँदा पनि यसले धेरै असर नगर्न सक्छ । दिनहुँजस्तो रक्सी पिइराख्ने, रक्सीको मात्रा बढाउँदै जाने गरेमा यसले समस्या निम्त्याउन सक्छ । रक्सी पिउँदाका असर र रक्सी छुटाउन गर्न सकिने उपचार यस्ता छन्ः रक्सीले पेट र मस्तिष्कमा मुख्यतया समस्या निम्त्याउने गर्छ ।

पेटमा हुने ग्यास्ट्रिकको समस्या जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खान मन नलाग्ने, अमिलो पानी घाँटीसम्म आउने, कालो दिसा आउने, उल्टी आउने आदि हुन सक्छ । मस्तिष्कमा हुने समस्यामा, छारेरोग र बेहोसीको समस्या हुने, निद्रा नपर्ने, डर लाग्ने, हातहरू काँप्ने, तलतल लाग्ने, बिर्सिने समस्या, आत्मविश्वासमा कमी आदि हुने गर्छ । यीबाहेक उच्च रक्तचाप बढ्ने, हातखुट्टा झमझम गर्ने, डिप्रेसनमा आउने, आक्रामक हुने, आत्महत्यामा ध्यान जानेजस्ता समस्या हुन सक्छन् । नियमित रक्सी पिउने व्यक्तिले एक दिन नपिउँदा तलतल लाग्ने, डर लाग्ने, निद्रा नपर्ने आदि शारीरिक र मानसिक समस्याहरू देखा पर्छन् । जसका कारणले उसले चाहँदाचाहँदै पनि रक्सी छाड्न नसक्ने हुन्छ ।

रक्सी मस्तिष्कमा एक अंगका रूपमा बसिदिन्छ, जसले गर्दा रक्सी छाड्नेबित्तिकै यी समस्या देखा पर्छन्, तर घरपरिवारलाई भने हामीलाई नटेरेर होजस्तो लाग्न सक्छ । कुलत १ हप्ता या २ हप्ता औषधि खाएर चामत्कारिक हिसाबमा छुटाउन मुस्किल हुन्छ । तर, व्यक्तिको चाहना, चिकित्सकको सल्लाह र परिवारको साथ भएमा यसलाई सजिलै छुटाउन सकिन्छ । घरपरिवार, समाजमा यस्ता थुप्रै व्यक्ति हामी देख्न सक्छौँ र उनीहरूलाई सहयोगको खाँचो हुन सक्छ । रक्सीका बारेमा आफू पनि सचेत रहनु र अरूलाई पनि यसको उपचारबारे ज्ञान दिनु आवश्यक छ । नयाँपत्रिका दैनिकवाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!