दशैँ: टीकाको अर्को आकर्षण रहेको आशीर्वाद दिँदा भनिने श्लोकका विशेषता यस्ता छन्

1 min read

बिबिसी। दशैँको विशेषतामा टीका र जमरासँगै मान्यजनले दिने आशीर्वाद पनि पर्छ। बोलीचालीको भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरी आशीर्वाद दिने चलन रहेको छ। आयु, आरोग्य, ऐश्वर्य र ज्ञान आदि लौकिक जीवनमा अत्यावश्यक विषयलाई आशीर्वादले समेट्छ। त्यसका लागि विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होओस् भन्ने कामना गरिन्छ। परापूर्वकालदेखि धार्मिक कार्यमा देवभाषा पनि भनिने संस्कृत भाषाको प्रयोग भएकाले दशैँमा आशीर्वाद दिँदा पनि त्यसैले निरन्तरता पाएको विद्वान्‌हरूको धारणा रहेको छ। महिला र पुरुषलाई भिन्नभिन्न श्लोक प्रयोग गर्ने गरिएको छ। केही आशीर्वचनहरू दुवैलाई दिइन्छ।

स्रोत अ’स्पष्ट
आयुर् द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे / ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने। // शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते // विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।। // दशैँमा मात्र प्रयोग भएको सुनिने यो श्लोकको स्रोत के हो स्पष्ट छैन।
नेपाल प्रज्ञा प्रतिष्ठानको सामाजिक शास्त्र विभागका प्रमुख तथा इतिहासकार प्राध्यापक दिनेशराज पन्तका अनुसार यो श्लोक विशेष गरेर पुरुषलाई टीका लगाइदिँदा प्रयोग हुन्छ। “यो हाम्रो हाम्रो प्राचीन परम्परादेखि नै चलेर आएको श्लोक हो,” उनी भन्छन्। समान संस्कृति भएको भारतमा अलि भिन्न रूपमा नवरात्रि र विजयादशमी मनाइन्छ। तर नेपालको जस्तो टीका लगाउने चलन त्यहाँ छैन। झन् यो श्लोक त त्यहाँ खासै प्रचलनमा भएको देखिँदैन।

नेपालमा प्रचलित भएको र कुनै शास्त्र वा काव्यकृतिमा नभेटिएकाले केही विद्वान्‌हरू यसमा प्रयुक्त पौराणिक पात्रको चयनका आधारमा यो श्लोक कुनै कविले राजपुत्र वा अन्य विशिष्ट व्यक्तिलाई आशीर्वाद दिन नेपालमै रचेको अनुमान गरेका छन्। तर पन्त सबै प्राचीन कृतिको अध्ययन तथा अनुगमन गरिनसकी यसै हो भनेर निष्कर्ष निकाल्न नसकिने धारणा राख्छन्। यी पात्रहरू अखिल भारतवर्षमै मिल्ने पात्र छन्। भारतमा ६०० वर्षको मुसलमान शासन र २०० वर्षको अङ्ग्रेज शासनले पुराना कुराहरू धेरै गए।

यो नेपाल खाल्डो र नेपालका पहाडी भागहरूमा यसको वैशिष्ट्य के भने पहिला अखिल भारतवर्षमा चलेका तर विभिन्न कारणले त्यहाँ लुप्त भएका कुराहरूको पनि यहाँ रक्षा गर्ने पद्धति बसेको छ।” माथि उल्लिखित श्लोकको पाठान्तर पनि छ। कसैले ‘शन्तनुका छोरा भीष्मको जस्तो शौर्य’ को साटो ‘दानं सूर्यसुते’ अर्थात् ‘सूर्यका छोरा कर्णको जस्तो दानशीलता’ होओस् भन्ने भावको आशीर्वाद पनि दिन्छन्। भाषा र छन्दमा निपुण व्यक्तिले श्लोकमा सामान्य परिवर्तन गरेकाले पाठान्तर भएको हुन सक्ने उनको भनाइ छ।

विभेद हो कि हैन
यो श्लोकमा उल्लिखित पात्रहरू सबै पुरुष भएकाले र नारी र पुरुषलाई भिन्नभिन्न श्लोक प्रयोग गरी आशीर्वाद दिँदा विभेद हुने तर्क गर्नेहरू पनि छन्। तर पूर्वराज्यमन्त्री तथा पूर्वीय संस्कृतिकी ज्ञाता कान्ता भट्टराई त्यस्तो तर्कसँग सहमत छैनन्। उनी भन्छिन्, “हाम्रो धर्म र संस्कृतिले नारी र पुरुष भनेर विभेद गरेकै छैन।” “वास्तविक शास्त्रको अध्ययन अध्यापनमा अहिले कमी आएको हुनाले मात्रै यस्तो विभेदको दृष्टिकोण देखिएको हो। हाम्रा शास्त्रहरूमा नारीलाई एउटा गर्ने, पुरुषलाई अर्को गर्ने भन्ने वि’भेदको नीति छँदै छैन।”

उनका अनुसार द्रोणपुत्र (अश्वत्थामा) को जस्तो आ’यु होओस् भन्ने आशीर्वाद जसलाई दिए पनि हुन्छ। “नारी पनि सत्कर्मले चिरञ्जीवी बनून् भन्न हुन्छ। दशरथको जस्तै श्री, राघव (राम) जस्तै शत्रुनाश, नहुषको जस्तो ऐश्वर्य, पवनको जस्तो गति, दुर्योधनको जस्तो मान, शन्तनुका छोरा भी को जस्तो शौर्य, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तै सत्यनिष्ठा, विदुरको जस्तै ज्ञान, नारायणको जस्तो कीर्ति होओस् भन्न नारी वा पुरुष जसलाई पनि हुन्छ।” योबाहेक अरू श्लोक पनि आशीर्वचनका रूपमा प्रयोग हुन्छन्। // जयन्ती मङ्गला काली भद्रकाली कपालिनी //दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते।।।

प्रचलनमा रहेको अर्को श्लोकमा विभिन्न देवीहरूको गुणगान गर्दै आशीर्वाद ग्रहण गर्ने व्यक्तिमा पनि त्यस्तै सामर्थ्य होओस् भनिएको छ। भट्टराई भन्छिन्, “नवदुर्गाले जसरी महिषासुरलाई मर्दन गरिन्, रक्तबीजहरूलाई ना’श गरिन् त्यसरी नै दानवी शक्तिलाई ना’श गर्ने क्षमता नर वा नारी दुवैमा होओस् भनेर ती नारीशक्तिको नाम लिँदै आशीर्वचन दिइन्छ।” त्यस्तै अर्को श्लोको भावार्थ यस्तो छ -// लक्ष्मी तिम्रो घरैमा धनसहित बसून्, कण्ठमा ज्ञानदात्री //फैलून् ती बन्धु सारा, सकल रिपु उता भासियून् मध्यनर्कै। // होओस् देशान्तरै कीर्ति जगमग गरी चन्द्रको, फूलको झैँ // भोग्नू सन्तानसाथै सकल सुख सधैँ, आयु होओस् शताब्दी।।

बोलीचालीको भा’षामा आ’शीर्वाद
धार्मिक कार्यसँग सम्बन्धित भएकाले दशैँमा दिइने आशीर्वचनमा संस्कृतको प्रचलन भएको भनाइ पन्त र भट्टराई दुवैको छ। संस्कृत जान्नेले संस्कृतमा दिन्छन्। तर शुद्ध पनि बोल्नुपर्‍यो नि। संस्कृत देववाणी हो, यसबाट आशीर्वाद दिन्छौँ भने शुद्धतालाई पनि ध्यान दिनुपर्छ,” भट्टराई भन्छिन्। उसो भए के नेपाली वा अन्य स्थानीय भाषामा आशीर्वाद दिनुहुँदैन? इतिहासकार पन्त भन्छन्, “किन नहुने? जत्ति पनि हुन्छ।”

उनका अनुसार शास्त्रमा पनि आशीर्वादको अर्थ नबुझेपछि त्यसको फल हुँदैन भनिएको छ। “संस्कृतमा आशीर्वाद दिनेले दिइरहेको छ तर उसले पनि कति बुझेको छ, लिनेले बुझेको छैन भने त्यसको फल हुँदैन भन्ने छ।” संस्कृत श्लोक र सँगसँगै नेपालीमा अर्थ भन्दै आशीर्वाद दिन सके परम्परासँगै आशीर्वाद लिने व्यक्ति ग्रहणशील हुन सक्ने उनको भनाइ छ।

आशीर्वादमा परिमार्जन
शास्त्रमा जे उल्लेख गरिएको भए पनि लो’कव्य’वहारमा महिलाहरूले विभेद खेप्नुपरेको लेखिका डा. प्रभादेवी कैनी औँल्याउँछिन्।
पुरानो कुरा सम्झिँदै उनी भन्छिन्, “पहिलापहिला छोराबुहारीलाई वा छोरीज्वाइँलाई सँगसँगै राखेर टीका लगाइदिन्थे। आशीर्वाद दिँदा पनि पुरुषसँगै महिलालाई गाँसिन्थ्यो। महिलालाई छुट्टै आशीर्वाद दिइहाले पनि कि सौभाग्यवती भएस् वा पुत्रवती भएस् भन्थे।” अर्थात् पुरुषसँग मात्रै महिलाको अस्तित्व गाँसिएको देखिन्थ्यो।

महिलाको आफ्नो अस्तित्व भए जस्तो देखिँदैनथ्यो। अहिले समय फेरिएको छ। उनका अनुसार पहिला कुरा नबुझ्दा दिएको आशीर्वाद बेग्लै हुन्थ्यो भने अहिले लै’ङ्गिक समानता र शास्त्रका कुरा बुझेपछि तथा परिवर्तन देखेपछि उनले दिने आशीर्वादका कुरा पनि फेरिएका छन्। उनी भन्छिन्, “त्यसैले आशीर्वाद दिँदा म ‘स्व’स्थ रहेस्, प’रिश्रमी भएस्, स्वा’वलम्बी भएस्, इ’मान्दार भएस्, क्षमाशील रहेस्, आ’त्मनि’र्भर भएस्, केटा र केटीमा विभेद नगरेस्’ भन्नु उपयुक्त हो भन्ने ठान्छु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!