प्रधानमन्त्रीले लगाए राष्ट्रपतिको हातबाट टीका

1 min read

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार अपरान्ह दसैंको टीका लगाई दिएकी छिन् । टीका थाप्न प्रधानमन्त्री ओली राष्ट्रपति निवास सितल निवास पुगेका थिए । त्यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिइन । सितल निवास पुगेका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई राष्ट्रपतिले दसैंको टीका लगाइदिएकी थिइन । भण्डारीले भने बिहान १० बजेर ३५ मिनेटको साइतमा आमा मिथिला पाण्डेबाट दसैंको टीका ग्रहण गरिन ।

Facebook Comments
error: Content is protected !!