जे माग्यो त्यही पुराहुने अचम्मको मन्दिर ! दर्शन स्वरुप ॐ लेखी सेयर गर्नुहोस्! ७ दिन भित्र ठूलो सफल्ता मिल्नेछ हेर्नुहोस्

1 min read

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ । हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ । यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ ।

धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ। दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् । दुप्चेश्वर महादेवको उत्पत्ति पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि।

सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ । अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् । धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

दुप्चेश्वरलाई सन्तानेश्वर महादेवका रुपमा पुकार्दै आउने भक्तजनहरु दिनानुदिन बढ्दै गएको स्थानियवासीको भनाइ छ । दुप्चेश्वर सबै धर्मको आश्थाका केन्द्रसमेत मानिएकाले यस क्षेत्रको विकासमा विषेश पहल हुनुपर्ने स्थानियवासीहरुको माग छ । सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।

पूजा गर्न जाँदा आफैँ घण्ट हल्लिने दैवीशक्तिको चमत्कार अकलादेवी मन्दिर !
तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरमा रहेको घण्ट आफैँ हल्लिएको देख्दा यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजन समेत चकित पर्ने गरेका छन् । अकलादेवी खुशी भएका बेला मन्दिरभित्र रहेका घण्ट आफैं हल्लिने र बज्ने गरेको स्थानीय बासिन्दाको बिश्वास रहेको छ। देवी प्रशन्न भएको अवस्थामा रातको समयमा घण्ट बज्ने गरेको तथा यज्ञयज्ञादि, धार्मिक अनुष्ठान र पञ्चबलि दिएका बेला देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको स्थानीयवासी बताउँछन्। उनीहरुका अनुसार विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको हो। यस्तो हुनुलाई उनीहरु दैवीशक्तिको चमत्कार मान्छन् ।

व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बराई मगरले घण्ट हल्लने कुरा हल्ला नभएर वास्तविकता रहेको बताउंदै आफूले समेत दुई पटकसम्म पञ्चबलि दिएको र त्यो बेला प्रत्यक्ष रुपमा घण्ट हल्लिएको देखेको बताउँछन् । मन्दिरमा नौ वर्षदेखि पूजारीको रुपमा कार्यरत टोपबहादुर सारुले देवीको शक्तिका कारण मन्दिरमा रहेका घण्ट आफैं हल्लिने गरेको बताएका छन्। उहाँका अनुसार मन्दिरमा दैनिक ५०-६० जना भक्तजन पूजाआजाका लागि आउने गरेका छन् । केही दिनअघि मात्रै मन्दिरको अवलोकन लागि पुगेका जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विशिष्ट प्रकृतिको यस मन्दिरको प्रचारप्रसार र विकासका लागि स्थानीयवासी सक्रिय भएर लाग्नुपर्ने सुझाव दिएका थिए।

यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका लागि जुर्मुराएका छन्। अकलादेवी मन्दिर व्यवस्थापन समितिले मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेको व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बराई मगरले बताएका छन्। जीर्ण अवस्थामा रहेको मन्दिरको पुनःनिर्माण शुरु भएको छ । समितिको आन्तरिक कोषको रकमबाट जेठ १८ गतेदेखि मन्दिरको पुनःनिर्माणको काम शुरु गरिएको छ । रु ६३ लाख ५० हजारको लागतमा शुरु भएको पुनःनिर्माणको काम आगामी कात्तिकसम्ममा सम्पन्न हुने निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिए ।

अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात् साढेको स्तम्भ छ । उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान छ। मन्दिर नजिकै पञ्चबलि दिने स्थान र हवनकुण्ड पनि छ । अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमा गानका लागि वर्षमा चार वटा रुद्री लगाउने गरीदै आएको छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ ।

मन्दिर पुनःनिर्माणका लागि भनेर समितिले केही समय अगाडि महायज्ञको आयोजना गरेको थियो । उक्त महायज्ञमा करीब रु एक करोड दान सङ्कलन भएको थियो । मन्दिरको सर्वाङ्गीण विकासका लागि डिपिआरसमेत तयार भइसकेको छ । मन्दिर व्यवस्थापन समितिले मन्दिरको डिपिआर तयार गरी भजनकीर्तन भवन, पाटीहरु गोलाकार शैलीमा निर्माण गर्ने योजना बनाएको छ । मन्दिर क्षेत्रमा वनभोज स्थल पनि निर्माण गरिने घिमिरेले बताए। डिपिआर अनुसारका सबै संरचना निर्माणका लागि तीन वर्ष लाग्ने अनुमान गरिएको छ । घिमिरेका अनुसार पुनःनिर्माण सम्पन्न भएपछि वार्षिक रु १० लाख आम्दानी हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!