कोरोनाको जो’खिम बढेपछी देशबासीहरुका लागि भर्खरै ओलि सरकार ले गर्यो यस्ता निर्णय ( सबैले पढ्नैपर्ने )

1 min read

काठमाडौं : सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन रो’क्ने निर्णय गरेको छ।  सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय मंगलबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले यसअघि साउन ३२ गतेसम्मका लागि अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन कोरोना सङ्क्रमण बढ्न थालेपछि भदौ ३१ गतेसम्मका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको जानकारी दिए। *** पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***

‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्र राष्ट्रलगायत अन्य मित्र राष्ट्रले चालेका प्रयास र अनुभव समेतलाई ध्यानमा राखी सङ्क्रमणबाट सुरक्षित राख्न नेपालको अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाका जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन गत साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई भदौ ३१ गते बुधबार मध्यरातसम्मका लागि नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिएका छौँ’, उनले भने। 

मन्त्रिपरिषद्को गत जेठ १२ गतेको निर्णयबमोजिम जारी भएको ‘कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणको कारणबाट उ’त्पन्न अ’सहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७’ बमोजिम स्थलमार्गबाट नेपाल प्रवेश गर्न तोकिएका प्रवेश बिन्दुबाट नेपाल प्रवेश गर्न दिने व्यवस्था र मालसामानको ढुवानी व्यवस्थालाई भने यथावत कायम राख्ने निर्णय गरेको मन्त्री डा खतिवडाले बताए। 

सरकारले उक्त आदेशको पालना नगरी सीमानाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानूनबमोजिम कारवाही गर्ने भएको छ।  बैठकले सरकारले विश्वव्यापी महामारीको रूमलिएको कोभिड–१९ को सङ्क्रमणको रोकथाम, नियन्त्रणका लागि सरकारले सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि भएकाले हालसम्म उक्त आदेशको पालना गरी गरेकोमा धन्यवादसमेत दिएको छ।

सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरिएको आदेश र नेपालका अन्तर्राष्ट्रिय सिमानाकामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने कार्यको पूर्णपालना गरी गराई सहयोग पु¥याउनु हुन सरकारले सबैसँग आग्रह गरेको छ। 

भदौ​ १६ गतेबाट यातायाता सञ्चालन  ,विद्युतीय माध्यमबाट काम गर्न निर्देशन ,बैठक, भेला गर्न रोक ,
धार्मिकस्थलमा भीडभाड नगर्न आग्रह, फुटपाथको व्यापारमा रोक ! सरकारले शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र), सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल, सैलुन, ब्यूटीपार्लर तथा स्पा, स्वीमिङपुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकूद र खेल मैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा , सामाजिकस्थल, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना हाल सञ्चालनमा निषेध गरेको उनले बताए। 

Facebook Comments
error: Content is protected !!