बरिष्ठ पत्रकार आचार्यको नि*धन

1 min read

असोज १९बरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको आइतबार ६१ वर्षको उमेरमा नि*धन भएको छ ।कलेजो सम्बन्धी रोगबाट ग्रसित आचार्यको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा नि*धन भएको हो ।दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाश पाएका आचार्य हाल न्युज २४ टेलिभिजनको समाचार प्रमुखमा कार्यरत थिए ।उनको आजै पशुपति आर्यघाटमा अ*न्त्यष्टि गरिने नेपाल पत्रकार महासंघ न्युज २४ शाखाका अध्यक्ष प्रदिपराज दाहालले बताए । आचार्यका श्रीमती र एक छोरी छन् ।पत्रकारिता अध्यापन, लेखनमा क्रियाशिल आचार्यको ‘चिन्तन मनन्’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो ।

Facebook Comments
error: Content is protected !!