दसैंमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका थाप्दै पूर्व प्रधान्यायाधीश गोपाल पराजुली

1 min read

गत वर्ष दसैंमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका थाप्दै पूर्व प्रधान्यायाधीश गोपाल पराजुली।गत वर्ष दसैंमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका थाप्दै पूर्व प्रधान्यायाधीश गोपाल पराजुली।अघिल्लो साल पूर्वप्रधानन्यायाधीश लगायत केही उच्च पदस्थ व्यक्तिहरूले राष्ट्रपतिको अगाडि घुँडा टेकेर दसैंको टीका थापेको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्चालमा निकै टिप्पणी भयो।यो वर्षको पनि टीका नजिकै आइसक्यो। दसैं जस्तो आपसीसद्भाव, विश्वास र मिलनको चाडमा उठेका यस्ता प्रश्नबारे यो लेख केन्द्रित छ।

राजतन्त्र बेला दरबार आसपासका र सरकारी उच्च ओहदामा रहेका मान्छेहरू दरबारमा टीका लगाउन जाने चलन थियो। साथै, दसैंका विभिन्न सार्वजनिक कार्यक्रमहरूमा (विशेष गरी काठमाडौंउपत्यकामा) दरबारको औपचारिक सहभागिता हुन्थ्यो। लामो समयदेखिको अभ्यासले होला, यो यहाँको दसैं संस्कृतिकै अंग बने जस्तो देखिन्थ्यो।राजतन्त्र अन्त्यपछि, संस्कृतिका यी अभ्यास दरबारबाट स्वाट्टै राष्ट्रपतीय संस्थामा सारियो। डा. रामवरण यादव राष्ट्रपति भएपछि नै राजा संलग्न हुँदै आएका विभिन्न पर्व र संस्कृतिहरूमा राष्ट्रपतिलाई अगाडि सारियो वा सर्ने सल्लाह दिइयो। अर्थात, राष्ट्रपतिलाई राजाको उत्तराधिकारी जस्तो बनाइयो।

राष्ट्रपति यसरी सरिक हुनु आवश्यक थियो/थिएन वा अब हुनुहुँदैन कि भन्नेबारे औपचारिक बहस भएको जस्तो लाग्दैन। यसलाई सहज रुपमा लिइयो। त्यति मात्रै कहाँ हो र, राष्ट्रपतिको बसाइ, सुरक्षा र सवारीसाधन पनि त्यसै गरी प्रयोग गरियो। राष्ट्रपतिको भ्रमण र भेटघाटलाई ‘सवारी’ बनाइयो।हुन त पहिलेदेखि नै राष्ट्रपतिको सवारीले पार्ने हैरानी र त्यसबारे सार्वजनिक टिप्पणी र सामाजिक सञ्जालहरूमा बहस भइरहेकै हुन्। बेलाबेलामा राष्ट्रपतिका भ्रमण र क्रियाकलापलाई ‘नयाँ राजा’ भनेर समेत टिप्पणी हुन्छ। यसको अर्थ पुराना राजाले ठीक गरेका थिए भन्ने हैन। बरू पुराना राजाका ‘यस्तै खाले’ व्यवहार जनतालाई मन नपरेर संस्था नै परिवर्तन गरेका हुन् भन्ने रूपमा बुझिनुपर्छ।

त्यसैले, आफैंले आन्दोलन गरेर बनाएका संस्था पुरानै शैली र प्रणालीमा नचलून् भन्ने चाहनाको अभिव्यक्ति हो जस्तो लाग्छ।यही बहसको प्रभाव होला, पछिल्लो केही समयदेखि राष्ट्रपति कार्यालयले राष्ट्रपति भ्रमणको शैली सुधारेको छ। केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध एयरको नियमित उडानबाटै नेपालगञ्जसम्म यात्रा गर्नुभयो। नेपालगञ्ज भ्रमण पनि सामान्य र सहज तरिकाले गरियो। त्यसको खासै चर्चा भएन। जे होस, यसलाई राष्ट्रपति कार्यालयबाट भएको महत्वपूर्ण सुधार मान्नुपर्छ। सर्वसाधारणले खोजेकै त्यही हो- राजतन्त्रको झझल्को नआओस्। बाटो हिँडनेलाई असहज नहोस्, तडकभडक नदेखियोस्।

त्यसैगरी, उच्च तहका सरकारी कर्मचारीहरू र भारदारहरूले दरबारमा गएर राजासँग टीका थाप्ने पुरानो संस्कृतिलाई निरन्तरता दिएझैं राष्ट्रपतिसामू घुँडा टेकेर टीका लगाएको फोटो अघिल्लो साल सार्वजनिक हुँदा धेरैले मन पराएनन्।’राष्ट्रपतिको चलन आफ्नो जस्तो भएन, राजाको जस्तो भयो’ भन्नेहरू थुप्रै थिए।वास्तवमा राष्ट्रपतीय प्रणाली राजतन्त्रको उत्तराधिकारी संस्था होइन। राजसंस्था राजनीतिक भूमिका भएको पारिवारिक संस्था हो भने राष्ट्रपतीय प्रणाली राजनीतिक सर्वोच्च संस्था हो। यी दुई बीच आधारभूत मान्यता, रूप, सञ्चालन र जवाफदेहिता नै फरक छ।

राजाको हातको टीका लगाउँदा वा राजालाई सर्वोच्च शक्ति ठानेको देखाउनु पदमा हुनेहरूका लागि चाकरीको निरन्तरता हुने थियो नै। साथै अरूका लागि राजाको नजरमा पर्ने सम्भावना हुन्थ्यो होला। र, थुप्रै ठाउँमा नियुक्ति पाउने सम्भावना हुन्थ्यो होला, अर्थात् राजाको ‘ग्रीन लिस्ट’मा परिन्थ्यो। त्यसरी नै राजा र दरबारका लागि यो साँस्कृतिक चाड आफ्नो सार्वजनिक सम्पर्क विस्तार गर्ने वा बचाई राख्ने तरिका पनि थियो होला।यस्तो खाले ‘सफ्ट’ राजनीति अहिलेको राष्ट्रपतीय प्रणालीलाई आवश्यक छैन। न त जनता वा नेताहरूले पनि राष्टपतिबाट टीका लगाएर चाकडी गर्दा गरेर लाभको पद पाउने सम्भावना हुन्छ ।

त्यसैले, राष्ट्रपति कार्यालयले टीका लगाइदिने, पदक बाँड्ने जस्ता दरबारीया क्रियाकलाप र भूमिका निरन्तता दिनुभन्दा समयसापेक्ष हुने गरी श्रृजनशील क्रियाकलापमा सक्रिय हुँदा बढी प्रभावकारी हुनसक्छ। उद्देश्यअनुसार काम गर्न नसकेको भए पनि, राष्ट्रपति चूरे कार्यक्रमजस्ता योजना आफैंमा राम्रो उदाहरण हो।दसैं विशुद्ध साँस्कृतिक तथा पारिवारिक चाड हो। तथापि, काठमाडौं गरिने सरकारी दसैं कार्यक्रमहरूमा दरबारको प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता हुने गर्थ्यो। काठमाडौं बाहिर दसैं मनाउनेहरू शक्तिपीठहरुमा पूजा गर्न त जान्छौं, तर कहिले शक्तिशाली मान्छेको पद हेरेर टीका जाने परम्परा छैन।

न विगतमा राष्ट्रिय पञ्चायत सदस्य वा अञ्चलाधीशको घरमा जाने चलन थियो, न अहिले मेयरकोमा जाने चलन छ। नाताले आफूभन्दा ठूलो हुने वा आफूले मान्नु पर्नेकोमा टीका लगाउने जाने चलन हो।त्यसैले, पदमा बहाल हुनेहरूले पनि दसैं परिवार र साथीहरूसँग मनाऔं। नेता रशक्तिकेन्द्रमा टीका लगाएर चाकडी गरेको अशोभनीय देखिन्छ। यो दसैं संस्कृति होइन। अघिल्लो साल राष्ट्रपतिको दसैं टीकामा टिप्पणी यसैकारण भएको हो। यस्ता विवाद अन्त्य गर्ने अवसर पनि राष्ट्रपतिमा नै छ।
राष्ट्रपतिले पनि दसैंलाई विशुद्ध पारिवारिक चाडका रूपमा आफ्नै परिवार र आफन्तहरूसँग मात्रै मनाउनुभयो भने यसले दसैं र राष्ट्रपतिको पनि गरिमा बढाउँछ। साथै, जनचाहनाअनुसार हुर्किँदै गरेको राष्ट्रपतीय संस्थालाई मौलिक र सम्मानित बनाउ

Facebook Comments
error: Content is protected !!