डा भगवान कोइरालालाई उपकुलपति बन्न प्रधानमन्त्री ओलीको प्रस्ताव

1 min read

काठमाडौं । त्रिभुवन विश्वविद्यायका उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ कुलपति पाउन सकेको छैन। त्रिविकी शिक्षाध्यक्षमा सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ। सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा कमलप्रसाद गुरागाइँ र दिल्लीप्रसाद शर्मा सदस्य छन्प्र धानमन्त्री केपी शर्मा ओलीले भने वरिष्ठ चिकित्सक भगवान कोइरालालाई उपकुलपति बन्न आग्रह गरेका छन्। कोइरालाले बालबालिकाको उपचारका लागि चाइल्ड हेल्थ हस्पिटलको स्थापनामा लाग्नु पर्ने भएकाले उपकुलपति बन्न तत्काल निर्णय नदिने बताएका थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो पनि पढ्नुहोस रित्तै गाउँमा योजनै योजना, बजेटमा हालिमुहाली
काठमाडौँ । गाउँमा ४१ परिवार थिए । त्यसमध्ये ३० परिवार बसाइँ सरी कैलाली र कञ्चनपुर गइसके । उनीहरु उतै मग्नमस्त छन् ।
११ परिवार मात्र रहेको गाउँ अहिले सुनसान लाग्छ । यो बैतडीको मेलौली नगरपालिकाको विशालपुर गाउँ हो । गाउँले नभएर के भो ? यहाँ विकासका योजना भने फालाफाल छन् ।गत वर्ष मात्र यहाँ २ करोड रुपैयाँ लगानीमा सिँचाइ योजना बन्यो । यस वर्ष पनि ५० लाखभन्दा बढीका योजना गाउँमा परेका छन् । केही योजना बने ।केही बनेका छैनन् । तर कागजमा ती बनिसके । काम नभए पनि सम्पन्न भएको देखाएर ‘बाँडीचुँडी खान’ रकम भुक्तानी भइसक्यो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Facebook Comments
error: Content is protected !!