कमला घिमिरे सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलिया जाँदै !

1 min read

काठमाडौं। धादिङकि भाइरल बाल गायिका कमला घिमिरे अब सांगीतिक कार्यक्रमको लागि विदेशको यात्रामा जाने भएकी छिन् । उनको पहिलो विदेश भ्रमण भने अष्ट्रेलिया हुन सक्ने राजु परियारले बताएका छन्।कमलाको लागि अष्ट्रेलिया र जर्मन बाट निम्तो आएको राजु परियारले चितवन पुगेर एक स्टेज बाट बताएका छन् । निकै राम्रो गाउने बालिका भेटेको र अब कमला र ति नानीमा एक जना विदेश जाने बताएका छन् ।कालिका मिडियाको आयोजनामा भएको कार्यक्रममा आफ्नो प्रस्तुति दिने क्रममा राजु परियारले अब छिट्टै कमला विदेश यात्रामा जाने त्यसको लागि परिवारको सदस्यले के भन्नु हुन्छ भनेका छन्।

चितवनको क्याम्पा चौरमा भएको कार्यक्रममा कमला ले चर्चित गाएक रबिन लामिछाने , अमृत सापकोटा लगाएतको कलाकारहरु संग घम्साघम्सी दोहोरि गाएकी थिइन।केही युटयुव अनलाइनमा दोहोरी गाउँदै आइरहेकी कमलालाई लोकप्रिय कार्यक्रम इन्द्रेणीले यत्रतत्र सर्वाधिक चिनाइदियो । इन्द्रेणी कार्यक्रममा कमलाले पहिलोपटक वरिष्ठ गायक राजु परियार सँग दोहोरी गाएका थिए ।

Facebook Comments
error: Content is protected !!