एकाबिहान आयो दु:खद खबर : नेपालमा कोरोनाबाट थप एकजनाको मृ’त्यु !

1 min read

१४ साउन, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा ज्या’न गुमाएका कोभिड-१९ संक्रमित केही दिन अघि भारतबाट आएको खुलेको छ । कोरोना सक्रमण पुष्टि भएपछि कोशी अस्पताल विराटनगरले ग’म्भिर अवस्थाका मोरङ सुनबर्सी नगरपालिका- ८ सिक्टीका ४५ वर्षीय पुरुषलाई धरान रिफर गरिएको थियो । दिउँसो धरान पुगेका पुरुषको बेलुका पौने ५ बजे मृ’त्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिएका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु हुनेको संख्या ५२ पुगेको छ । पहिलो आउँदा क्वारेन्टाइन, दोस्रो पटक सिधै घर सुनबर्सी नगरपालिका मेयर कालिप्रसाद दासका अनुसार मृ’तक पुरुषको ससुराली घर भारतको बिहारमा पर्छ । उनी हालै भारतबाट वि’रामी अ’वस्थामा घर फर्किएका थिए । तर उनी भारतबाट आएर घरमा बसेको जानकारी स्थानीय प्रशासनले नपाएको दासले बताए ।

दुई महिना अघि भारतबाट फर्किदा क्वारेन्टिनमा बसेका उनी दोस्रो पटक र्फकदा भने कसैले जानकारी पाएका थिएन् । ‘७-८ दिन अघि भारतबाट आएका रहेछन्’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने । स्वा’स्थ्यमा ग’म्भिर स’मस्या भएपछि मंगलबार कोशी अस्पताल, विराटनगर आएका थिए ।

‘फिबर क्लिनिक आएपछि आइसोलेसनमा भर्ना गरेर स्वाब संकलन गर्न लगाएको थियो’ अस्पतालका सिनियर फिजिसिन डाक्टर दीपक सिग्देलले भने ‘वि’रामीको अ’वस्था ग’म्भिर थियो, रिपोर्ट पोजेटिभ आएले धरान रिफर गरिएको हो ।’

Facebook Comments
error: Content is protected !!