खुसीको खबर – नेपालमा आज मात्रै थप १ सय २१ जनाले कोरोना जितेर घर फर्के ! ( विवरण सहित )

1 min read

काठमाडौं, साउन १३ । नेपालमा मंगलबार थप १ सय २१ जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १३ हजार ८ सय ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप १ सय २१ जना घर फर्केको जानकारी दिएका हुन् । नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढे पनि समुदायस्तरमा भने संक्रमण फैलिन थालेको आशंका बढीरहेको छ ।

Facebook Comments
error: Content is protected !!