मेरो जागिरे जीवनका कार्यशैली र दृष्टिकोण: भिम उपाध्याय

1 min read

मेरो जागिरे जीवनका कार्यशैली र दृष्टिकोण:भिम उपाध्याय
“जुन काम गर्नै पर्छ त्यो गरिहाल्ने, त्यसका लागि कसैको दबाब नपर्खने, जुन काम गर्न हुन्न जसले जति टाउको फोडे पनि नगर्ने। १ महिना गर्नुपर्ने काम १ हप्तामा, १ हप्ताको काम १ दिनमा, १ दिनको १ घंटामा र १ घंटाको काम १ मिनटमा गर्ने। मेरा नीति र कार्यशैली यस्तै रहने गरेका थिए। यसो गर्दा कहिले काही त्रुटी हुन पुगेका पनि थिए,

तर जसै त्रुटी भयो भन्ने महसुस भयो, तुरून्तै १ मिनेट मैं सच्याउदै अगाडी बढेँ, त्रुटी होला कि भन्दै निर्णयहीन बनिन ।यही शैलीले गर्दा जिवनमा खास ठूला काम नगरेको भएता पनि, खासै धेरै ठूला गल्ती नगरेता पनि, आफूलाई काममा झन् सन्तोष लाग्ने गर्दथ्यो, कुनै ग्लानी हुदैन थियो । सत्यको दर्शन गर्नु भनेको सत्य अपनाउने नै हो । दबाब परे नहुने काम पनि गरिहाल्ने,

दबाब नआए सामान्य काम पनि नगरी जनतालाई दु:ख दिने मलाई कहिल्यै सह्य भएन र हुदैन । सजिलै हुने काम गर्नबाट पनि रोक्ने, नहुने काम अलि विचार गर्न पनि नदिने शासक प्रशासकबाट अझै मुलुक आक्रान्त छ । तोडफोड , गोलाबारी, बम बंदुक पड्काई, अनसन, दबाब ढुंगामुंग्राबाहेक अरू आवाजको सुनुवाई नहुने मुलुकमा शान्ति आकाशको फल हुने गर्छ, नेपाल यही चरणमा अझै रूमल्लिएको पाईन्छ ।

Facebook Comments
error: Content is protected !!