आज एकै दिन् प्रतितोला १३ सय रुपैयाँले ब’ढ्यो सुनको मू’ल्य,

काठमाडौँ । सुन साताको अन्तिम दिन आज पनि ह्वात्तै बढेको छ । शुक्रबार तोलामा १३ सय रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर नयाँ रेर्कड कायम गरेको छ । महासंघकाअनुसार आजको मूल्य नेपालकै इतिहाँसकै महंगो भएको हो । बिहिबार सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ भएको र उक्त मूल्य पनि हिजोसम्मको सर्वाधिक थियो । त्यस्तै आज तेजावी सुनको मुल्य रु ९५ हजार ३ सय ६५ तोकिएको छ । त्यस्तै चाँदी पनि अहिलेसम्मकै महंगो बन्दै ११ सय ५० मा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *