भ’ड्काउने र उ’त्तेजित पार्ने पेज र ग्रुप हटाइदिनसक्छ फेसबुकले

1 min read

काठमाडौँ। फेसबुकले केही देशका फेसबुक ग्रुप नै हटाइदिएको छ । अ’वैधानिक ग’तिविधि गरेर सामाजिक सञ्जालका प्रयोगकर्तालाई भ’ड्काउन खोजेको भन्दै फेसबुक ग्रप ह’टाइदिएको हो ।ती ग्रुपहरु संयुक्त अरब इमिरेट्स, इजिप्ट, नाइजेरिया र इन्डोनेशियाबाट सक्रिय थिए । ४४३ फेसबुक एकाउन्ट, २०० पेज र ७६ समूह र १२५ इन्सटाग्राम एकाउन्ट बिहिबार साँझबाट ह’टाइदिएको हो । ती ग्रुप र पेजहरुले मानिसहरुलाई गलत तरिकाले भड्काउने र उत्तेजित पार्ने गतिविधिमा भूमिका खेल्दै आएका थिए ।

यमनमा युएईको गतिविधि, इरानको आणविक मामलाका अलावा कतार, टर्की र इरानको आलोचनामा ती सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको उद्देश्य भेटिएको थियो । तिनीहरुमाथि उजूरी परेपछि प्रमाणका आधारमा हटाइएको थियो । यसै वर्षको शुरुमा फेबुकले इराक, युक्रेन, चनि, रुस, साउदी अरेयिबा, इरान, थाइल्यान्ड, होन्टुरस र इजरायलबाट संचालित पेज र ग्रप हटाइदिएको थियो । उसले फिलिपिन्समा मानिसलाई उत्तेजित पार्ने प्रयोगकर्ताको पेज र ग्रुप पनि हटायो ।-एजेन्सी

Facebook Comments Box
error: Content is protected !!