इमान्दार चालक : जसले अटोमा छुटेको २२ हजार रुपैयाँ फिर्ता गरे : सम्मान स्वरुप सेयर गरौ!

इमान्दार चालक : जसले अटोमा छुटेको २२ हजार रुपैयाँ फिर्ता गरे : सम्मान स्वरुप सेयर गरौ!
एक अटोमा छुटेको झोला सहित २२ हजार रुपैयाँ र अन्य समानहरु ट्राफिक प्रहरीको समन्वयमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार बंगलाचुली गाउँपालिका ४ का लेमा घर्तीको रा १ ह १३३२ नम्बरको अटोमा छुटेको नगद सहित समानहरु प्रहरीको समन्वयमा हस्तान्तरण गरिएको हो ।

समान हराएकी घर्तीले ट्राफिक प्रहरी कार्यालयमा मौखिक जानकारी गराएपछि प्रहरीले अटो चालकलाई खोजी २२ हजार रुपैयाँ, मोबाईल र झोला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरी कार्यालयमा सूचना अधिकारी प्रहरी नायब निरिक्षक उत्तम जिसीले जानकारी दिनुभएको छ । अटोमा छुटेको पैसा सहित समान सकुशल सम्वन्धित व्यक्तिलाई बुझाउने चालक घोराही १५ का नवकुमार शाहलाई प्रहरीले धन्याबाद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!