देशकै कान्छी उपमेयर भन्छिन्: ‘जनताको पसिनाको कमाइमा एक पैसा घु’स खान्नंँ’

1 min read

कपिलवस्तु। कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २३ वर्षीया शिवकुमारी चौधरीले स्थानीय निकायको निर्वाचनमा देशकै सबैभन्दा कान्छी उपमेयरको रुपमा चुनाव जितेकी जनप्रतिनिधि हुन् ।स्नातक अध्ययनरत शिक्षण पेशा छाडेर उपमेयरको लागी चुनावी मैदानमा उत्रिएकी थिईन तत्कालिन समयमा उनको भाषणकला र वाकपटुताका कारण सामाजिक संजाल मार्फत देशभर चर्चाको केन्द्रमा रहेकी छिन्। उपमेयर शिवकुमारी चौधरी भन्छिन्: ‘जनताको पसिनाको कमिसन एक पैसा खान्न’। हेरौं उहाँसँग गरिएको कुराकानी’

थप समचार- आफुलाइ गाडी किन्न छुट्याएको पैसाले जनतालाई एम्बुलेन्स किन्ने उपमेयर !
काठमाडौँ। दक्षिणकाली नगरपालिकाको उपप्रमुखले सुविधामा पाएको गाडी नलिने निर्णय लिएकी छन् । जनतालाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलव, भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मुख भइरहेको अवस्थामा दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती डंगोल तामाङ्गले तेस्रो नगर सभाले उपप्रमुखको सुविधाको लागी पारित गरेको ३० लाख बराबरको गाडी लिन अस्वीकार गरेकी हुन् ।

०७५/०७६ का लागी बसेको तेस्रो नगर सभामा पारित भएको उक्त रकम उपप्रमुख तामाङ्गले आफ्नो सुविधा भन्दा नगरभित्रको विकासका लागी बजेट आवश्यक रहेको बताइन् । तामाङ्गले उक्त बजेटबाट २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु मा.विलाई कृषि प्राविधिक विद्यालय संचालन गर्न र एम्बुलेन्स खरिदका लागी पाखाचोक सप्ताह मूल समारोह समिति र सोचन्द भैरव युवा क्लवको संयुक्त आयोजनामा संचालन गरीएको सप्ताहबाट संकलित रकममा ५ लाख थप गरी एम्बुलेन्स खरिदमा सहयोग गर्ने घोषणा गरेकी छन् ।

यो पनि पढ्नुहोस। गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने
बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सु’त्केरीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाँचाँै गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ । ग’र्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्ने, जाँच गर्दा पोषण झोलासमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । घरमा हुने सु’त्केरीलाई स्वा’स्थ्य संस्थामा सु’रक्षितरूपमा सु’त्केरी गराउनका लागि प्रोत्साहित गर्न पोषण झोला र सु’त्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । “स्वास्थ्य संस्थामा नियमितरूपमा ग’र्भ परीक्षण नगर्दा प्र’सूतिको बेला आमा, बच्चाको ज्या’नसमेत जाने जोखिम हुन्छ। अध्यक्ष शर्माले भन्नुभयो।

ग’र्भवती, सु’त्केरी हुने बेलाको संवेदनशीलताबारे सबैलाई जानकारीसहित जिम्मेवार बनाउन सु’त्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको हो ।” स्वास्थ्य स्वयंसेविका वा आफैँ गर्भवती महिलाले ग’र्भ परीक्षणका लागि स्वा’स्थ्य संस्थामा पुग्नासाथ संस्थाले गर्भवतीको रेकर्ड राख्नेछन् । रेकर्डसँगै गेडागुडीको बीउबिजन भएको पोषण झोला उपलब्ध गराउनेछन् । पोषण झोलामा रहेको गेडागुडी तथा सागपातको बीउ लगाएर सुत्केरी अवस्थामा खुवाउन सल्लाहसमेत दिइने बरेङ गाउँपालिकाका स्वा’स्थ्य संयोजक पदमबहादुर पुनले बताउनुभयो । “हामीले शुरुआती अवस्थामा पोषण झो’लासहित ग’र्भवती अवस्थामा हुने परिवर्तनलगायतका विषयमा जानकारी गराउँछौँ।

पुनले भन्नुभयो, “सुत्केरी भएको स्वास्थ्य स्वयंसेविकाबाट खबर पाएपछि रातो भाले लगेर घरमै जाने कार्यक्रम छ ।” पुनका अनुसार गाउँपालिकाको कार्यपालिकाको बैठकबाट कार्यविधि बनाई दशैँ–तिहारलगत्तै सु’त्केरीलाई रातो भाले लगेर भेट्न जाने कार्यक्रम लागू हुनेछ ।दश लाख बढी जनसङ्ख्या रहेको गाउँपालिकामा रा’तो भाले कार्यक्रमका लागि चालू आर्थिक वर्षका लागि रु १० लाख बजेटसमेत विनियोजन गरिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ शर्माले बताउनुभयो । सु’त्केरी प्रोत्साहन कार्यक्रमअन्तर्गत सुत्केरीलाई सचेतना प्रदान गर्न सु’त्केरीलाई रातो भाले कार्यक्रम लागू गरिएको छ.

प्रशासकीय अधिकृत शर्माले भन्नुभयो, “यदि साकाहारी भएको र मासु नखाने सुत्केरीका लागि रातो भालेको साटो घ्यूको समेत व्यवस्था गरिनेछ ।”स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गर्न नजाने र बरेङ घर भई पोखरा काठमाडौँ बस्नेलाई कार्यक्रममा समावेश नगरिने बरेङ गाउँपालिकाले जनाएको छ । सुत्केरीलाई भेट्न गाउँपालिकाको समूह घरमै रातो भाले लिएर जाँदा स्थानीय सरकार दैलोमा रहेको महसुससमेत हुने गाउँपालिकाको अपेक्षा छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!