अब एकल पुरुषले पनि मासिक भत्ता पाउने

1 min read

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक पाँच सय रुपैयाँका दरले भत्ता पाउने भएका छन्। गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आर्थिक वर्षको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो।गाउँपालिकाभित्र करीब तीन सय ५० एकल पुरुष भएको अनुमान गरिएको हुँदा नाम सङ्कलन गरेर एकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। महिला र पुरुष समान भनिँदै आएका सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले २० लाख रुपैयाँ बजेट पारित गरेको अध्यक्ष शेर्पाले जानकारी दिए। रासस

Facebook Comments Box
error: Content is protected !!