गलकोट, १७ असोज । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सु’त्केरीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाँचाँै गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ । ग’र्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्ने, जाँच गर्दा पोषण झोलासमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । घरमा हुने सु’त्केरीलाई स्वा’स्थ्य संस्थामा सु’रक्षितरूपमा सु’त्केरी गराउनका लागि प्रोत्साहित गर्न पोषण झोला र सु’त्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । “स्वास्थ्य संस्थामा नियमितरूपमा ग’र्भ परीक्षण नगर्दा प्र’सूतिको बेला आमा, बच्चाको ज्या’नसमेत जाने जोखिम हुन्छ। अध्यक्ष शर्माले भन्नुभयो।
ग’र्भवती, सु’त्केरी हुने बेलाको संवेदनशीलताबारे सबैलाई जानकारीसहित जिम्मेवार बनाउन सु’त्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको हो ।” स्वास्थ्य स्वयंसेविका वा आफैँ गर्भवती महिलाले ग’र्भ परीक्षणका लागि स्वा’स्थ्य संस्थामा पुग्नासाथ संस्थाले गर्भवतीको रेकर्ड राख्नेछन् । रेकर्डसँगै गेडागुडीको बीउबिजन भएको पोषण झोला उपलब्ध गराउनेछन् । पोषण झोलामा रहेको गेडागुडी तथा सागपातको बीउ लगाएर सुत्केरी अवस्थामा खुवाउन सल्लाहसमेत दिइने बरेङ गाउँपालिकाका स्वा’स्थ्य संयोजक पदमबहादुर पुनले बताउनुभयो । “हामीले शुरुआती अवस्थामा पोषण झो’लासहित ग’र्भवती अवस्थामा हुने परिवर्तनलगायतका विषयमा जानकारी गराउँछौँ।
पुनले भन्नुभयो, “सुत्केरी भएको स्वास्थ्य स्वयंसेविकाबाट खबर पाएपछि रातो भाले लगेर घरमै जाने कार्यक्रम छ ।” पुनका अनुसार गाउँपालिकाको कार्यपालिकाको बैठकबाट कार्यविधि बनाई दशैँ–तिहारलगत्तै सु’त्केरीलाई रातो भाले लगेर भेट्न जाने कार्यक्रम लागू हुनेछ ।दश लाख बढी जनसङ्ख्या रहेको गाउँपालिकामा रा’तो भाले कार्यक्रमका लागि चालू आर्थिक वर्षका लागि रु १० लाख बजेटसमेत विनियोजन गरिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ शर्माले बताउनुभयो । सु’त्केरी प्रोत्साहन कार्यक्रमअन्तर्गत सुत्केरीलाई सचेतना प्रदान गर्न सु’त्केरीलाई रातो भाले कार्यक्रम लागू गरिएको छ.
प्रशासकीय अधिकृत शर्माले भन्नुभयो, “यदि साकाहारी भएको र मासु नखाने सुत्केरीका लागि रातो भालेको साटो घ्यूको समेत व्यवस्था गरिनेछ ।”स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गर्न नजाने र बरेङ घर भई पोखरा काठमाडौँ बस्नेलाई कार्यक्रममा समावेश नगरिने बरेङ गाउँपालिकाले जनाएको छ । सुत्केरीलाई भेट्न गाउँपालिकाको समूह घरमै रातो भाले लिएर जाँदा स्थानीय सरकार दैलोमा रहेको महसुससमेत हुने गाउँपालिकाको अपेक्षा छ । रासस