पाँच तारे होटलमा दुईवटा केराको बिल सुन्दा झन्डै हो’स उ’डेन यी अभिनेताको !

1 min read

एजेन्सी– विभिन्न पाँच तारे होटेलको खानेकुरा महँगो हुन्छ नै । तर यतिसम्म महँगो होला भनेर बलिउड एक अभिनेताले कल्पनासम्म गरेनन् । दुई वटा केरा अर्डर गरेका उनले महँगो बिल आएपछि भिडियो बनाउन बाध्य बनायो । बलिउड अभिनेता राहुल बोसले सार्वजनिक गरेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनले एक पाँच तारे होटलमा दुई वटा केरा मगाए। केराको बिल कति नै आउँला र ? राहुलले पक्कै पनि त्यही सोचे तर बिल आयो उनको हो’श उ’डाउने। दुई वटा केरा बिल देखेर उनी हेरेको हेर्‍यै भए। किनकी बिलमा उल्लेखित केराको मूल्य थियो– भारू ४४२। राहुललाई यस्तो बिल पंजाब राज्य स्थित चंढीगढको जेडब्लु मेरियट होटलले दिएको हो । दुई वटा केराको यत्रो बिल आएपछि उनले ट्वीटरमार्फत सार्वजनिक गरे ।

ट्वीट गर्दै उनले ‘यसमा विश्वास गर्न, यसलाई तपाईंले हेर्नुपर्छ। कसले भन्छ फल तपाईंको जीन्दगीका लागि नो’क्सान गराउने हुँदैन ? जे डब्लु मेरियट–चण्डगढलाई सोध्नुस्’ लेखेका छन्। उनले भिडियो पनि पोस्ट गरेका छन्। भिडियोमा उनले अर्डर गरेको केरा र त्यसको बिल देखाएका छन्।जसमा मैले दुई वटा केरा अर्डर गरेको थिएँ रहेर्नुस् दुई वटा केराको बिल भनेका छन् । उनको यो भिडियो हाल सामाजिक संजालमा भाइरल भइरहेको छ र यसमा मानिसहरूले विभिन्न प्रतिक्रिया जनाइरहेका छन् ।

Facebook Comments
error: Content is protected !!