सुनको मुल्यमा नयाँ कीर्तिमान ! कति पुग्यो तोलामा ? हेर्नुहोस !

1 min read

सुनको मूल्य फेरि बढेको छ । मूल्य बढेसँगै नेपालमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज ६ सय बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेपछि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।  यसअघि छापावाल सुन सबैभन्दा बढी ९२ हजार ४ सय पुगेको थियो । आज तेजावी सुनको मूल्य पनि बढेको छ ।

मंगलबार ९१ हजार ७ सय ६० रूपैयाँमा कारोबार भएको तेजावी सुन आज तोलाको ९२ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ । मंगलबार चाँदी तोलामा ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments
error: Content is protected !!