नयाँ सभामुखमा फेरि सुवास नेम्वाङको चर्चा शुरू

1 min read

काठमाडौँ। प्रतिनिधि सभाको रिक्त सभामुख पदमा अब को आउला भन्ने अड्कलबाजी सुरु भएको छ । कृष्णबहादुर महराले दिएको राजीनामा स्वीकृत हुनासाथै औपचारिक रुपमा रिक्त हुने सभामुख पदमा संसदले नयाँ निर्वाचन प्रक्रियाबाट नयाँ सभामुख चयन गर्नुपर्ने छ ।सत्तारुढ नेकपाभित्र सभामुख पदमा चयन हुन ठूलो कसरत सुरु भएको बुझिएको छ । अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालको सहमति नभै सभामुखको उम्मेदवार चयन हुन असम्भव जस्तै छ । तर यसमा प्रधानमन्त्री ओलीको ‘च्वाईस’ नै अन्तिम हुने नेकपाका एक केन्द्रीय सदस्य बताउँछन् ।

प्रधानमन्त्री ओलीको विश्वासपात्र मानिने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ एकजना बलियो उम्मेदवार हुनसक्ने ती नेताको विश्लेषण छ ।संविधान सभाको दुइ कार्यकाल अध्यक्ष भै संविधान जारी गर्दासम्म सफल नेतृत्व गरेका र प्रतिनिधि सभाको सभामुख समेत भएर संसदको नेतृत्व गरिसकेका नेम्वाङ नै प्रतिनिधि सभाको भावी सभामुख हुने ब’लियो स’म्भावना रहेको नेकपाका ती नेताले सरल पत्रिकासँग बताए ।महरा अब सांसदका रुपमा समेत नेकपाले नचिन्ने कुरा उपनेता नेम्वाङले बताएको सन्दर्भमा पनि नयाँ उम्मेदवार चयन हुने स्पष्ट देखिएको छ ।नेम्वाङलाई सभामुखमा चयन गर्ने र उपनेतामा अध्यक्ष दाहाल निकट नेतालाई मनोनित गर्ने सहमतिबाट यो बिषय टुंगिने समाचार सूत्रको दावी छ ।

त्यसैगरी अध्यक्ष पुष्पकमल दाहालले पनि आफू निकटस्थ कुनै सदस्य अगाडि सार्नसक्ने सम्भावना रहेको तर सम्भावित सदस्य स्पष्ट नभएको बुझिएको छ । पार्टी एकिकरण गर्दाताका पूर्व एमाले र पूर्व माओवादी केन्द्रको भागबण्डामा महरा सभामुख चुनिएका थिए । अब पनि यही सहमति अनुसार नै हुने पूर्व माओवादी सूत्रको भनाई छ ।महिलामाथि यौ*न दु*व्र्यवहारको आ*रोप लागेपछि कृष्णबहादुर महराले दिएको रा*जीनामा राष्ट्रपतिबाट स्वीकृत भएपछि नयाँ सभामुखको निर्वाचन गर्नुपर्नेछ ।

यो पनि पढ्नुहोस : सभामुखको चयन राजनीतिक दल र सरकारको सहमतिका आधारमा : उपसभामुख
सङ्घीय संसद् सचिवालले कृष्णबहादुर महराले सभामुख पदबाट दिनुुभएको राजीनामासम्बन्धीे सूचना प्रकाशित गरेको छ । संसद् सचिवालयमा कार्यरत एक महिलामाथि दु व्र्यवहार भएको आरोप लागेपछि छानबिन गर्न सहज होस् भनी उहाँले मङ्गलबार संवैधानिक व्यवस्थाअनुरुप उपसभामुखसमक्ष रा’जीनामा दिनुभएको थियो । उपसभामुख डा शिवमाया तुुम्वाहाङ्फेको आदेशअनुुसार सचिवलयले प्रतिनिधिसभा नियमावलीबमोजिम सभामुख महराको राजीनामासम्बन्धी विषय आज सूूचनापत्रमार्फत जानकारी गराएको हो ।

सङ्घीय संसद्को अधिवेशन चालू रहेको अवस्थामा सदनमा तथा अधिवेशन नभएको अवस्थामा सभामुखको राजीनामा सूूचनामार्फत जानकारी गराउने व्यवस्था रहेको उपसभामुख तुुम्वाहाङ्फेले जानकारी दिनुुभयो । विभिन्न सञ्चारमाध्यममा मेरो च’रित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि रा’जीनामा दिएको छु”, महराले प्रतिनिधिसभाको सभामुख पदबाट दिएको राजीनामालाई उद्धृत गर्दै सूचनापत्रमा भनिएको छ । रिक्त भएको सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढाउन सङ्घीय संसद्को पाँचौँ अधिवेशन प्रारम्भ आह्वान हुनुुपर्ने छ ।

त्यसअघि दलहरुबीच कुुन दलले सभामुुख प्राप्त गर्ने भन्ने विषयमा छलफल हुनुुपर्ने आवश्यकता देखिएको छ । दलहरुबीच सहमति नभएको खण्डमा निर्वाचनको माध्यमबाट सभामुखको चयन हुनेछ । संविधानको भावनाअनुुसार सभामुख र उपसभामुुखमध्ये फरक दल र फरक लि*ङ्गको हुनुपर्दछ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फरक फरक राजनीतिक दल रहेको अवस्थामा सभामुख र उपसभामुुखको चयन भए पनि दुवै दलको एकीकरणपछि दुुई पदमध्ये एक पद फरक दलको हुनुुपर्छ भन्ने प्रश्न उठ्दै आएको थियो ।
सभामुख महराको राजीनामा आएसँगै अब यो विषय पुनः कार्यान्वयनमा जानेछ । यसअघि सभामुख पदमा महरा निर्विरोध निर्वाचित हुनुुभएको थियो भने उपसभामुख पदमा मतदान भएको थियो । अब सभामुखको चयन नियमित अधिवेशनबाट हुन्छ कि विशेष अधिवेशन बोलाउन आवश्यक छ भन्ने प्रश्नमा उपसभामुखले भन्नुुभयो, “नियमित अधिवेशनबाट सभामुखको चयन गर्ने कि त्यसका लागि
विशेष अधिवेशन आह्वान गर्ने भन्ने सन्दर्भमा राजनीतिक दल र सरकारबीच हुने छलफल र सहमतिका आधारमा तय हुनेछ ।”

Facebook Comments Box
error: Content is protected !!