प्रधानमन्त्री ओलीको ध्यान भारतसँग सम्बन्ध सु’धार्नेभन्दा बिगार्ने तर्फ – कमल थापा

1 min read

काठमाडौँ, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्ने तर्फ गएकाे बताउनुभएकाे छ । अध्यक्ष थापाले सामाजिक संजाल ट्विटरमा लेख्नु भएको छ, ‘भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होईन ।’

उहाँले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई उटपट्यांग र अप्रमाणित रहेको पनि बताउनुभएकाे छ । अध्यक्ष थापा लेख्नुहुन्छ- ‘प्रमको स्तरबाट यस्ता उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन ।’ प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । भानुजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्रीनिवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले

‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएकाे थियाे । उहाँले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताउन भएकाे थियाे । उहाँले भन्नुभएकाे थियाे-‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ ।

अयोध्या भनेको वीरगन्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्यहाँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगन्जको पश्चिमपट्टि ठोरीमा, वाल्मीकि आश्रम यहीँ (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रिष्टी यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *