खराबहरुलाई सुधार्न असललाई प्रोत्साहित गर्ने संस्कारको खॉचो छ – भीम उपाध्याय

1 min read

भीम उपाध्याय – मैले अक्षम वा गलत कुनै सार्वजनिक पदाधिकारीको उछित्तो काड्न तिनको आलोचना वा बिरोध गरिरहेको हुदिन, सही सक्षम मान्छेले मात्र राजकाज वा शासन-प्रशासनमा प्रोत्साहन पाउन् भनेर मात्र त्यसो गर्ने गरेको हुँ। कसैप्रति ईर्श्या, रिस वा राग पनि छैन, तर असल मान्छे पदाधिकारी हुदा वा नहुनाले मेरो जिवनचर्यामा पनि प्रभाव त परिरहेकै हुन्छ । अनि बोल्नै पर्छ।

खराब मान्छेलाई जति खेद्नुस् वा नखेद्नुस् त्यसमा मलाई खासै रूचि छैन। खराब मान्छेलाई असल भन्दै फुलमाला अबीर जात्रा गर्नुस्, त्यसमा पनि मलाई सरोकार छैन। तर, तर ईमानदार, कर्मठ, कर्मयोगी, देशप्रेमी, दक्ष र होनहार मान्छेहरूलाई खेदेको म कुनै हालतमा पनि सहन सक्दिन। म ती खेदुवाहरूको विपक्षमा एक्लै भए पनि लड्न पनि पछि हट्दिन । लामो जिन्दगानीमा काम गर्दै जादा नजानेर गल्ति नहुने कुरै हुदैन, जसको पनि हुन्छ, किन हुदैन र?

जीवनमा बिगतमा गरेका सयकडौं असल हितकारी कामहरू नदेख्ने तर छिद्र भने देखिरहने छिद्रान्वेषीहरू समाजका धमिरा हुन् । तिनको गोलामा डढेलो लगाउने जमात बढाउदै लगिएन भने मुलुकै धमिराको गोलो बन्नेछ, बनी सकेको र बनाई सकेका पनि छन् । भएका गिनेचुनेका साहसी , असल मान्छेहरूको मुक्तकण्ठले सम्मान गर्दै कृतज्ञता व्यक्त गर्नुपर्छ । ताकि अरूहरू पनि असल बन्न प्रेरित हुनेछन्,

असलहरू दिक्क भएर खराब बन्ने मार्गतिर भड्किनबाट रोकिने छन् । यही हो समाजमा असल मान्छेको संख्या बढाउने, प्रोत्साहित गर्ने, बन्ने, बनाउने खेलको अकाट्य नियम । खराबलाई गाली गरेर उ सुध्रदैन, असललाई गाली गरेर तपाई आफू सुध्रनु हुदैन । आफू असल बन्नेमा लाग्ने हो, असललाई प्रेरित गरेर अझै असल र सक्षमलाई नै जोताउने हो । किनभने खराबहरू जोत्न काम लाग्दैनन्। जोत्ने त हिड्ने गोरूबाटै हो!

सामाजिक संजाल नहुदो हो त केही पत्रुकारहरूले मलाई खान बस्न नदिने गर्ने थिए होलान् । म नेपालमा फेसबुक ट्विटर सुरूभएदेखिनै यसमा सक्रिए छु। म खानेपानीको सचिब भएर आएपछि खानेपानी मन्त्रालय स्वयंमले अनलाईनन्युज, टिभी तथा रेडियो कार्यक्रममार्फत आफ्नो सेक्टरको समाचार र उपलब्धी, समस्या र समाधानका पहलहरू समेट्दै नियमित प्रशारण गरेर अनुमानका आधारमा अनर्गल, अर्धसत्य र अपवाहका समाचार लेख्नेलाई सत्य तथ्य र श्रोतमै आधारित बनाउने नुस्का दिन थालेको थिएँ ।

तर, मेरा उत्ताराधिकारीहरूले त्यस्तो पहललाई निरन्तरता दिएनन्। अपवाहको बजारमा मलजल हुने नै भयो। पहिले मानिसले मसिनजस्तै गरी काम गर्न थाल्यो, अहिले मसिनले मानिस जसरी काम गर्न थालेको छ। मसिनले मानिसले गर्ने अधिकाँश काम तिब्र दरमा प्रभावकारी ढंगमा सिक्दैछ । अब मानिसले मसिनले गर्ने जस्तो कामगर्न सिकेको सीप काम नलाग्ने हुदै गएको छ।

यस्तो स्थितिमा अब मानिसले के गर्ने होला?
अबको शिक्षा, सिप र दक्षता मेसिनबाट गर्ने काम मेसिनबाटै र मेसिनबाट गर्न नसकिने काम मात्र मानिसबाट गराउने युग हो। प्रविधि र कृत्रिम प्राज्ञको युग हो। जुन मुलुकले मेसिनलाई नोकर र मानिसलाई ईश्वर बनाउने क्षमता बिकसित गर्न सक्छ त्यो मुलुक मात्र सफल र स्वर्ग मानिन्छ।

Facebook Comments
error: Content is protected !!