खुसिको खबर : नेपालमा एकै दिनमा थप १ सय ४७ जना कोरोना संक्रमणमुक्त !( विवरण सहित )

1 min read

२७ असार, काठमाडौंः नेपालमा थप १ सय ४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले थप १ सय ४७ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन् । योसँगै हालसम्म नेपालमा ८ हजार ५ सय ८९ जना डिस्चार्ज भएका छन् ।

नेपालमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि २६ असार, काठमाडौंः नेपालमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन ।

उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप ८२ संक्रमण भएको पुष्टि भएको हो । हालसम्म नेपालमा कुल १६ हजार ८ सय १ कोरोना संक्रमित फेला परेका छन् । त्यस्तै, नेपालमा कोभिड १९ बाट निको हुनेको ८ हजार ५ सय ८९ संख्या पुगेको छ ।

Facebook Comments
error: Content is protected !!