एक हप्तामै च्वाट पार्ने यो हो दादको अचुक औषधी सयपत्री फुल !

1 min read

काठमाडौँ।  यो सयपत्री  फूल नेपालको प्रसिद्ध फूल हो। सयपत्री एउटा फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो। सयपत्री फूलको प्रयोग १७ औं शताब्दीदेखि मात्र भएको मानिन्छ । नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुने सयपत्री फुलका अनेकौ फाइदा छन् जसमा यो पनि एक हो। दाद एक चरम् रोग हो जो कष्टकर हुन्छ। प्रतिदिन सयपत्री फुलको ताजा रस निकालेर दाद भएको ठाँउमा लगाउनाले तपाइको दाद लै निकै फाइदा गर्छ। यो प्रकृया दिनमा २-३ पटक गर्दा झनै राम्रो हुन्छ। यसरी दैनिक सयपत्रीको रस दादमा लगातार ७ दिनसम्म लगाउनाले तपाईको दाद आँफै हराएर जानेछ।

सयपत्री फुलको बारेमा जानकारी
परिचय : यो फूल नेपालको प्रसिद्ध फूल हो । यो फूललाई हिन्दी भाषामा गेंदा फूल भनिन्छ । अंग्रेजीमा ‘मैरी गोल्ड’ भनिन्छ । त्यस्तै हाम्रो देश नेपालमा कतै कतै सयपत्रीलाई ‘हजारी फूल’ भनेको पनि सुनिन्छ । यो फूल धेरै प्रजातीको हुन्छ । नेपालमा सयपत्रीको खेती सत्रौं शताब्दीको उतरार्द्धतिरै भित्रिएको तथ्य नीलतन्त्र नामक दस्तावेजमा छ । राँगा खसीको सयपत्रीजस्तै पत्रे आकार देखेर यसलाई सयपत्री भन्ने गरिएको हुनुपर्छ । तर यसमा पत्रैपत्र हुँदैन मसिनो मसिनो थुप्रै फूलको थुङ्गो बुके बनाएजस्तो हुन्छ । त्यसैले यसलाई गाउँघरमा अझै पनि थुङ्गेफूल भनिन्छ । मेक्सिकोका पहाडहरूमा जंगली रूपमा आफै उम्रने यी फूललाई पुरानो सभ्य जाति एजेटिकहरूले खेती गर्दथे ।

यसका फूलहरू औषधि, सजावट तथा समारोहहरूमा हजारौं वर्षदेखि एजेटिकहरूले उपयोग गर्दथे । होन्डुरसमा यसलाई पानीमा मिसाएर लासहरू धुुने हुनाले मृतकहरूको फूल पनि भनिन्छ । मेक्सिको तथा मध्यअमेरिकी जंगली फूल हो यो । अमेरिकामा पत्ता लागेपछि मात्र यसको फैलावट संसार भरि भएको हो । यसको जन्मथलो मेक्सिकोका पहाडहरूमा सेप्टेम्बरदेखि तुषारो नलागेसम्म उत्पादन हुन्छ र नेपालमा पनि ठीक त्यही बेला अर्थात् मौलिक रूपमै हुन्छ । तर अन्य स्थानमा पुगेर आदत बदली तापक्रम अनुसार यो जुलाईदेखि अक्टुबरसम्म फुल्ने गर्दछ। तर आजभोलिका हाइब्रिड त बाह्रैमासे भइसकेका छन् । विभिन्न रंग, आकार र प्रकार मा समेत हुने हुदा यसको मिक्स तवरले खेति गर्दा अझ सुन्दरता थपिने हुन्छ्र ।

जात:- मेरिगोल्ड मा २ प्रजाति हुन्छन एक Tagetes र अर्को Celandula । Tagetes मा अफ्रिकन मेरिगोल्ड , फ्रेन्च मेरिगोल्ड पर्छन भने अबबिलमगबि मा पोट मरिगोल्ड हरु पर्छन । यस भित्र रहेर हाल धेरै जात को समेत बिकाश भै राखेको छ ।
प्रसारण बिधि :- मेरिगोल्डको बानास्पतिक प्रसारण बिउ बाट र हाल कटिंग बिधि पनि प्रचलनमा आएको छ । बिउ रोपेको ४५ दिन मा फूल खेल्ने गर्दछ ्र बिउ छरेको एक हप्ता भित्र मा बिउ उम्रने गर्दछ ।

रोप्ने स्थान:- सयपत्री फूल प्राय पारिलो घाम लाग्ने ठाउमा राम्रो संग फुल्ने गर्छ्र । तर उच्च तापक्रम सहन सक्ने हुदैन तसर्थ नेपालमा गर्मि सकिने संग संगै यसको खेति पनि फस्तौदै गएको देखिन्छ । पानी नजम्ने र प्रांगारिक प्रदार्थ बढी हुने ठाउमा यो राम्रो संग फुल्छ ।हाईब्रिड प्रकारको सयपत्री खुल्ला जमिन मा भन्दा गमला वा अन्य फूलदानी मा रोप्दा बढी सौन्दर्यता देखिन्छ्र । खुल्ला रुपमा स्थानीय सयपत्री रोप्दा राम्रो हुन्छ ।

बिशेष हेरचाह:- फूल रोप्नु अघि प्रसस्थ प्रांगारिक प्रदार्थ भएको माटो मा रोप्नु पर्दछ । बिरुवा फुल्नु अगाबै मल दिनु पर्छ भने फूल खेली सकेपछि मल दिनु हुदैन तेस्तै सिंचाई गर्दा कहिले पनि फुलको थुंगा माथि बाट गर्नु हुदैन । अफ्रिकन प्रजातिका सयपत्री ले बढी पानी रुचाउदैन तसर्थ यो जातिमा कम सिंचाई गर्नु पर्दछ, नत्र जरा कुहिने रोग लाग्दछ ।

महत्व:- यसमा सल्फरको मात्रा बढी हुनाले ब्याक्टेरियालाई मार्दछ । यसको जराले गर्ने अत्यधिक माइक्रोबियल क्रियाले जमिनका नेमोटोड जातका शत्रु कीराहरूबाट अन्य बिरुवाहरूलाई बचाउने हुँदा अन्न या अन्य बालीसँगै मिसाएर यसको खेती गर्ने गरिन्छ । गोलभेंडामा लाग्ने सेतो पुतली यसको नजिक नआउने हुँदा गोलभेंडाछेउ यसको खेती लाभदायक हुन्छ । तर माइक्रोबियल सक्रियताबाट बढ्ने केराउ जाति (लेगुम परिवार) का लागि यो हानिकारक भएकाले केराउ जातिको खेतमा यो रोपिनुहुन्न । बन्दाकोपीका सलादमा रंग र स्वादका लागि यस फूल सेफहरूले उपयोग गर्छन् । कुखुराको फुल (अण्डा) को पहेंलो भाग बढाउन यसको धूलो दानामा मिसाइन्छ । माहुरी तथा पुतलीका लागि पेटुला अर्थात् कुकुरफूलमा प्रशस्त परागरस भएकोले माहुरी उत्पादकले फूल घट्दै जाने बर्षा अन्तपछिको मौसममा यसको खेती गर्नु लाभदायक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!