सुत्केरी महिलाले जान्नैपर्ने ८ कुराहरु जुन हरेक पुरुषलाई पनि थाहा हुनुपर्छ !

1 min read

महिलाले जति गर्भवती अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्छ उत्तिकै सुत्केरी अवस्थामा पनि ख्याल गर्नु जरुरी हुन्छ । शहर बजारका केही महिलाले पनि गर्धावस्था र सुत्केरी अवस्थामा उचित ख्याल गर्न नसकेको पाईन्छ । ग्रामिण भेगमा त झनै समस्या हुन्छ । हामीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हिरा केसी पराजुलीले सुत्केरीले जान्नै पर्ने दिएका केही सुझावहरु तल उल्लेख गरेका छौँ ।

(१) . हरेक सुत्केरी महिलाले ६ महिनासम्म शिशुलाई आफ्नो दूधमात्र सेवन गराउनुपर्छ र पानी पनि आमाकै दूधमा उपलब्ध हुन्छ । आमाको दूध नै ६ महिनासम्म शिशुका लागि पूर्ण आहार हो । (२). शिशु ६ महिना पुगेपछि मात्र थप खानेकुरा बनाउनुपर्छ । हरेक सुत्केरी महिलाले माथि उल्लिखित पोषणयुक्त खानेकुरा अनिवार्य खानुपर्छ । अन्य कुनै रोग भएमा र खाना बार्नुपरेमा स्वास्थ्य सल्लाह लिनुपर्छ । ३. स्तनपान गराउँदा आमाले खाएको आहारको केही अंश नै शिशुमा जाने भएकाले मोटाउने डरले खाना कम खाने, छाक छाड्ने गर्नुहुँदैन ।

(४). स्तनपान गराउँदा २५० देखि ३५० मिलिग्राम क्याल्सियम आमाको दूधबाट बच्चामा जाने र खानाबाट क्याल्सियम आपूर्ति नहुने भएकाले थप क्याल्सियम चक्की खानुपर्छ । क्याल्सियमले दाँत तथा हड्डी बलियो बनाउने, रगत जम्न मद्दत गर्ने, मांसपेशी खुम्चन र तन्कन सहयोग गर्ने र प्रतिरक्षा शक्ति मजबुत बनाउने गर्छ ।

(५). प्रसवको समयमा अत्यधिक रक्तस्राव भएको छ र शरीरमा हेमोग्लोबिनको मात्रा घटेको छ र खाएको खानाबाट मात्र आइरनको आपूर्ति हुन सकेन भने आइरन चक्की पनि अनिवार्य रुपमा खानुपर्छ । आइरन चक्कीले दिसा कालो बनाउँछ र कहिलेकाहीँ वाकवाकी तथा बान्ता हुने पनि हुन्छ । यस्तो अवस्थामा कागती सेवन गर्नु राम्रो हुन्छ ।

(६). अपरेसन गरी सुत्केरी भएका महिलाले तेस्रो दिनबाटै सबैथोक खान मिल्छ । आलु तथा कालो दालले घाउ पाक्ने कुरा सही होइन । यो गलत हो । आलुमा शरीरलाई आवश्यक पर्ने क्याल्सियम, आइरन, भिटामिन सी र फस्फोरस पाइन्छ । साथै बोक्रासँगै आएमा यसले कब्जियत पनि हुन दिँदैन । त्यस्तै, कालो दालमा पनि प्रोटिन पाइन्छ । तेलमा धेरै तारेको मरमसलायुक्त खानेकुरा कम खानु नै बुद्धिमानी हुन्छ । पोषणयुक्त खानाको सेवनले घाउ छिटो निको हुन मद्दत गर्छ र संक्रमण पनि हुन दिँदैन ।

(७). कब्जियत सुत्केरीमा देखिने ठूलो समस्या बन्दै आएको छ । यसको रोकथामका लागि रेसादार खानेकुरा, फलफूल र प्रशस्त मात्रामा पानी पिउनुको साथै शारीरिक व्यायाम पनि गर्नुपर्छ । सुत्केरी अवस्थामा ज्वानोको झोल सेवन गर्ने हाम्रो परम्परा सराहनीय छ । शिशु बिरामी भएको खण्डमा आमाले खानेकुरा बार्नु हुँदैन । त्यसो गर्दा शिशुलाई पोषकतत्वको कमी हुन जान्छ ।

(८). सुत्केरी अवस्थामा समयमा नुहाउने, हात तथा खुट्टाको नङ काट्ने, दाँत माझ्ने, कपाल कोर्ने र यौन अंग सफा गर्ने गर्नुपर्छ । भित्री कपडाहरु पनि समय समयमा परिवर्तन गर्नुपर्छ । दाँत तथा मुख सरसफाइमा ध्यान नदिँदा श्वास गन्हाउने र शारीरिक सरसफाइको कमीले गर्दा अवस्थ हुन गई खानामा रुची कम हुन जान्छ । परिणामस्वरुप अन्य रोगको पनि संक्रमण हुन पुग्छ ।

Facebook Comments
error: Content is protected !!