खुसिको खबर : नेपालमा एकै दिनमा थप ४ सय ३१ जनाले कोरोना जितेर घर फर्के ! ( विवरण सहित )

1 min read

२७ असार, काठमाडौंः नेपालमा थप ४ सय ३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले थप ४ सय ३१ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन् । योसँगै हालसम्म नेपालमा ८ हजार ४ सय ४२जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । साथै ४३१ जना निको भएर डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!