राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा दुई जनाबीच भेटवार्ता भएको हो ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेको अवस्थामा राष्ट्रपति भण्डारीले प्रचण्डलाई भेटका लागि बोलाएकी हुन् । पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत भूमिका खेलेकी राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच समसामायिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।


भारतीय कम्युनिष्ट पार्टीको ग*ल्ती दोहोरिन नदिन प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अनुशासन र एकता नै नेपालको पहिचान भएको बताएका छन् । प्रोग्रेसिभ इञ्जिनीयरीङ एशोसिएशन नेपाल (पिन)ले ललितपुरको जाउलाखेलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले नेपालको निरङ्कुश राजतन्त्र र सामन्ती व्यवस्थाको अन्त्यका लागि कुनै एउटा पार्टीले मात्र गरेको आन्दोलनले नभई सम्पूर्ण नेपालीको बलिदानीबाट भएको बताए । उनले राजतन्त्र तथा सामन्तवादको अन्त्यका लागि नेपालमा कम्युनिष्टहरुको आन्दोलन नै महत्वपूर्ण रहेको र कम्यनिष्टको नेतृत्वले नै बुर्जुवा, सामन्त तथा राजतन्त्रको अन्त्य गर्न सफल भएको बताए ।

पहिलो तथा दोस्रो विश्वयुद्धसँगै समाजवादको यात्रा शुरु भएको उल्लेख गर्दै अध्यक्ष दाहालले विश्व तथा नेपालमा रहेको वर्ग सङ्घर्षलाई सार्थकतामा पुर्‍याउने जिम्मा नेकपाको काँधमा रहेको बताए । उनले भारतीय कम्युनिष्ट पार्टीको जस्तो गल्तीलाई दोहोरिन नदिएर नै नेपालमा कम्युनिष्ट पार्टी दक्षिण एशियाकै सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको बताए । उनले भने, “पूर्वी युरोपमा विदेशी ह*स्तक्षेप भएर वा कसैले स*शस्त्र सङ्घ*र्ष गरेर सत्ता उ*ल्टिएको होइन, कम्युनिष्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन्, हामीकहाँ पनि यसो हेर्दा लक्षण चाहिँ त्यस्तै देखिएको छ ।” यद्यपि त्यस्तो परिघटना दोहोरिन नदिने र निरन्तर जनतामा जाने वैचारिक, राजनीतिक, साङ्गठनिक र सांस्कृतिक उपाय के हुन्छन् भनेर आफूहरु बहसमा रहेको अध्यक्ष दाहालले बताए ।

देशको विकास र समृद्धिलाई वैज्ञानिक तवरले अघि बढाउन इञ्जिनीयरहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै अध्यक्षले मनोवादका विरुद्ध वस्तुगत कुराको हाबी गराउँदै नेपालमा वैज्ञानिकता लागू गराउन इञ्जिनीयरहरुको योगदान अपरिहार्य रहेको औँल्याए । कार्यक्रममा नेकपाका नेता सुरेन्द्रप्रसाद पाण्डेले ‘समाजवाद : वर्गसम्बन्ध, उत्पादन सम्बन्ध र उत्पादन शक्ति’ को विषयमा प्रशिक्षण दिए । त्यस्तै ‘नेकपाको वैदेशिक नीति’ का बारेमा नेता डा राजन भट्टराई, ‘नेकपाको राजनीतिक कार्यदिशा र रणनीति’ को बारेमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, ‘माक्र्सवादी दर्शन, व्यवहार र आचरण’ को बारेमा नेता युवराज ज्ञवाली, ‘समृद्धि र पूर्वाधार निर्माण’ सम्बन्धमा नेता देवप्रसाद गुरुङले प्रशिक्षण दिए । कार्यक्रममा नेपाल इञ्जिनीयरिङ एशोसिएशनका अध्यक्ष प्रा डा त्रिरत्न बज्राचार्य, शम्भुबाबु श्रेष्ठ, प्रशिक्षण विभागका प्रमुख केशवराज विष्ट, छवि अधिकारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!