भारतीय मिडियालाई नारायणकाजीको चे’तावनी! नेपाल सरकार र प्रधानमन्त्रीबारे सीमा नाघे, बकवास ब’न्द गर”

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाले सीमा नाघेको भन्दै बकवास ब’न्द गर्न चे’तावनी दिएका छन् । श्रेष्ठले भारतीय सञ्चारमाध्यमहरुले नेपाल सरकार र प्रधानमन्त्रीबारे अनर्गल प्रचार गरिरहेको भन्दै यस्तो प्रचार ब’न्द गर्न चे’तावनी दिएका हुन् । श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अ’नर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास ब’न्द गर ।’

त्यस्तै श्रेष्ठले नेपालको राष्ट्रिय सार्वमौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति एक ढिक्का भएको पनि दा’वी गरेका छन् । ‘हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक ढिक्का छौं’, पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले विदेशीको फु’टाउ र राज गर भन्ने नीति सफल हुन पनि नदिने बताएका छन् । ‘विदेशीको फु’टाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिनेछैनौँ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो’, श्रेष्ठको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!