तत्काल यातायात सञ्चालन गर्ने अवस्था छैन – यातायात ब्यवसायी महासंघ”

1 min read

काठमाडौं। नेपाल यातायात ब्यवसायी महासंघले सरकारले अनुमति दिदैमा सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने अवस्था नहरेको स्पष्ट पारेको छ । आफुहरुसँग छलफल नै नगरी छोटोदुरीमा यातायात सञ्चालन गर्ने सरकारको निर्णय अपरिपक्क रहेको उसको भनाई छ । सवारी साधनको नविकरण, पुनकर्जा, लगानीको संरक्षण लगायत बिषय आफुहरुको प्राथमिकतामा रहेको बताउँदै उनीहरुले ‘

सवारी साधन ग्यारेजमा थन्किएको, ब्याट्रि बिग्रिएको, मजदुर अन्यत्र गएको, बैंकको किस्ता, सहित ब्यवसायीसँग हाल दैनिक खर्चका लागी इन्धन हाल्ने रकम समेत नहुँदा तत्काल सवारी साधन चलाउन नसकिने तर्क गरेका छन् । दुइपक्षीय वार्ता पछि ब्यवसायीलाई राहत, विमा र सुरक्षाका उपाय अपनाउने वातावरण बारे सहमति हुन सके मात्रै सवारी साधन गुडाउन सकिने महासंघको भनाई छ ।

यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी सञ्चालनको खर्च समेत नउठ्ने गरी अनुमति दिनु आपत्तिजनक रहेको बताउनुभयो । रेडियो कान्तिपुरसँग कुरा गर्दै महासचिव सिटौलाले हाल चाहेर पनि सडकमा सवारी साधन चलाउन सक्ने अवस्था नरहेको बताउनुभयो । आधिकारिक धरणा सार्वजनिक गर्न आज दिउँसो १ बजे यातायात ब्यवसायी राष्ट्रिय महासंघको बैठक बस्दैछ । सरकारले हचुवाको भरमा निर्णय गरेको महासचिव सिटौलाले आरोप लगाउनुभयो ।

Facebook Comments
error: Content is protected !!