बाढी पहिरो पी’डितलाई : कृष्ण कंडेलको नेतृत्वमा इन्द्रेणी टिम द्वारा ४ लाख सहयोग,

1 min read

काठमाडौं। बुधबार राति करिब ११ बजे सिन्धुपाल्चोक जम्बुमा बाढी पहिरोले दुई दर्जन भन्दा बढी घर बगाउँदा २ जनाको ज्यान गएको छ भने बेपत्ता २० जनाको अझै खोजिकार्य भइरहेको छ । त्यस्तै बाढी पहिरोबाट पी डित परिवारहरुलाई लोकप्रिय कार्यक्रम ‘इन्द्रेणी’ टिमले हिजो सिन्धुपाल्चोक पुगेर खाद्यान्न सामाग्री सहित नगद रु ४ लाख सहयोग गरेका छन् ।

वरिष्ठ गायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले सिन्धुपाल्चोक जम्बु बजार पुगेर बाढी पहिरो पीडितलाई सहयोग गर्नु भएको हो ।जहाँ दुखी गरिब त्याहा इन्द्रेणी भन्ने पछिल्लो समय नारा नै बनेको छ। यसअघिपनि विभिन्न ठाउँमा पुगेर गरिब दुखीलाई सहयोग गर्दै आइरहेका इन्द्रेणी टिमले लकडाउनको समयमा समस्या परेका थुप्रै दिनदुखीको चुल्हो बाल्न सहयोग गरेको थियो ।

Facebook Comments
error: Content is protected !!