नेपालमा भारतीय न्युज च्यानलको प्रसारण ब’न्द गर्ने निर्णय स्वागत यो’ग्य !

काठमाडौँ – विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा ब’न्द गरेका छन् ।वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रो’केको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अ’तिरञ्जित र अ’नर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आ’पत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए ।

त्यस्तै भारतीय सञ्चार माध्यममा प्रधानमन्त्री र नेपाललाई जो’डेर आएका विषयवस्तु प्रति सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार भएको सरकारको नियमित पत्रकार स’म्मेलनमा मिडियाहरुमा प्र’तिवन्ध लगाउनुभन्दा आफँै अनुशासनमा बस्ने भएपनि त्यसो हुन नसके कुटनीतिक संयन्त्र परिचालन गर्नुपर्नेे बताएका थिए ।राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रशारण नगर्न आग्रह गर्दै उनले भारतीय मिडियाहरुमा देखिएको पछिल्लो प्रवृतिका लागि राजनीतिक र कानूनी उपचार खोज्नुपर्ने बताएक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!