केन्याको बारमा नेपाली युवतीहरुलाइ यस्तो काम सम्म गराउदा रहेछन ! हरेक नेपालिले हेर्नैपर्ने !

अनुसन्धान ब्युरोले पाँच वर्षअगाडि नेपाली महिलालाई अफ्रिकी मुलुक त’स्करी गर्न सक्रिय समूहको र्याकेट भत्काउँदै नेपाली र भारतीय नागरिक प’क्राउ गरेको थियो ।  पाँच वर्षपछि पुनः उस्तै प्रकृतिको संगठित समूह स’क्रिय रहेको खुलेको छ । पाँच वर्षअगाडि खुलेको समूहको नाइके पनि भारतीय नागरिक थियो, यसपालि खुलेको समूहको नाइके भने भारतीय मूलका बेलायती नागरिक रहेको खुलेको छ । 

केन्याको प्रहरीले गत शनिबार केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यु रंगीला बार एन्ड एम्की प्लाजामा काम गरिरहेका १२ नेपाली महिलाको उ’द्धार गरेको थियो । केन्याको प्रहरीले त्यहाँको डान्सबार र क्लबमा छापा मारेर १२ महिलासहित सञ्चालकसमेत प’क्राउ गर्यो । प’क्राउ परेका महिला नेपाली नागरिक रहेको खुल्यो भने सञ्चालक भारतीय मूलका बेलायती नागरिक । उनको नाम अमिराली अलिभाई रहेको केन्याली सञ्चार माध्यमले खुलाएका छन् । 

पक्राउ परेका अमिरालीलाई नेपालमा वैदेशिक रोजगारीमा संलग्न समूहले वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली युवती पठाउने गरेको र उनले विभिन्न प्र’लोभन दिएर नेपाली युवतीहरुलाई डान्सबारमा काम लगाउने गरेको केन्याली सञ्चारमाध्यमले खुलाएका छन् ।नकेन्याली प्रहरीले नेपालबाट ल्याइएका महिलालाई झु’क्याएर क्लबमा काम लगाएको दा’बी गर्दै अदालतमा मु’द्दा दायर गरिसकेको छ ।  दि स्टारका अनुसार केन्याको प्रहरीले बार मालिकामाथि तीन वटा मु’द्दा हालेको छ ।

प्रहरीले बारका मालिकमा’थि मानव त’स्करी गरेको, तस्करीका लागि उक्साएको र नेपाली महिलाको राहदानी लगायतका कागजपत्र क’ब्जामा लिएर बन्धक बनाएको भन्दै मु’द्दा लगाएको दि स्टारको अनलाइनमा उल्लेख छ ।  दि स्टारका अनुसार मुख्य नाइके देखिएका भारतीय मूलका बेलायती नागरिकको साथमा भारतको समेत राहदानी फेला परेको छ । मुख्य आ’रोपी अमिरालीले आफूलाई धरौटीमा छा’ड्न माग गरेका थिए ।

अदालतले उनीसँग रहेको राहदानी जम्मा गर्न भन्यो तर उनले मानेनन् । त्यसपछि भा’ग्न सक्ने भन्दै अदालतले उनको धरौटीको माग अस्वीकार गरेको छ । बारमा छा’पा मारेर नियन्त्रणमा लिइएका १२ जना नेपाली युवती अहिले उतै छन् । प्रहरीले उनीहरुलाई साक्षीको रुपमा राखेको छ । उनीहरुलाई जतिसक्दो नेपाल फर्काउन बयान चाँडो सकाउने प्रयासमा केन्याको प्रहरी रहेको स्टारमा उल्लेख गरिएको छ ।

केन्या पुगेका नेपाली युवतीलाई आकर्षक वैदेशिक रोजगारीको प्र’लो’भनमा नेपाली एजेन्टहरुको सहयोगमा विभिन्न देश हुँदै केन्यासम्म पुर्याइएको आ’शंका गरिएको छ ।  घ’टनाको प्रकृति यसअगाडि प’क्राउ परेको समूहसँग मिल्छ । सो समूहले नेपाली युवतीलाई भारत, युएई लगायतका देश हुँदै केन्या पु¥याएर जब’र्ज’स्ती ब’न्धक बनाएर बारमा काम लगाउने गरेको खुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!