भारतिय मिडियाले नेपालका प्रधानमन्त्री को आ’पत्तिज’नक तस्बिर सार्वजनिक गर्दै यति सम्म भने –

1 min read

२५ असार, काठमाडौं । भारतीय मिडियाको विषयमा एउटा भनाइ विश्वव्यापी चर्चित छ– यिनीहरु सबैथोक गर्छन्, सिवाय पत्रकारिता । सुन्दा अतिरञ्जना लागे पनि भारतीय मिडियाको आम चरित्रलाई यही भनाइले सबैभन्दा बढी न्याय गर्छ । सर्वत्र स्वीकारिएका पत्रकारिताका तीन मूल मन्त्र हुन्, वस्तुनिष्ठता, निस्पक्षता र विश्वसनीयता । तर, यो भारतमा लागू हुँदैन ।

भारतीय मिडियाका लागि तीन मूल मन्त्र हुन्– टीआरपी, टीआरपी र टीआरपी । टीआरपीभन्दा बाहिर उनीहरु केही सोच्न चाहँदैनन् । प्रोपोगाण्डाको आगो दन्काएर टीआरपीको रोटी सेक्नुलाई उनीहरुले पत्रकारिता भन्छन् । अधिकांश भारतीय मिडियाले बेच्ने समाचारको स्तर सडकमा गरिने उ’छृंखल नारावाजीभन्दा पनि निम्नकोटीको हुन्छ ।

भारत विश्वकै ठूलो प्रजातन्त्र हुनुमा गर्व गर्छ । सिद्धान्तमा भारत प्रजातान्त्रिक मुलुक नै हो । तर, व्यवहारमा ? व्यवहारमा चाहीँ भारतको प्रजातन्त्र उनीहरुका लागि मात्र हो, जो सत्ताको दास बन्न तयार छन् । धार्मिक र जातीय अल्पसंख्यकका लागि त्यहाँ प्रजातन्त्र छैन । र, उनीहरुका लागि बोलिदिने मिडिया पनि छैनन् । भारतीय मिडिया सत्ताको दु’न्दुभी बजाउनमै गर्व गर्छन् । राज्यले दपेटाईमा परेका उ’त्पीडित समुदायलाई मिडियाले सान्त्वना दिँदैनन्, ति’रस्कार गर्छन् । छि’छि दु’रदु’र गर्छन् । अन्यत्र मिडियालाई आवाजविहीनहरुको आवाज मानिन्छ भने भारतमा मिडियालाई सत्ताको चा’कर ठानिन्छ ।

आम सञ्चारभित्र पनि समाचारमूलक टीभी च्यानलहरुको झन् दुर्दशा छ । यी टेलिभिजनका न्यूज एंकरहरु समाचार पढ्दैनन्, भुक्छन् । प्राइम टाइममा देखाउने ‘टक शो’ सँग त हामी सबै परिचित नै छौं । टक शोका नाममा टीभी प्रस्तोताहरु अतिथिमाथि हु’लहु’ज्जत गरेको पाइन्छ । ती कार्यक्रममा अतिथिलाई विचार मन्थन गर्न होइन, झाँको झार्न बोलाइन्छ । भारतीय टीभी प्रस्तोताका अगाडि हाम्रा ऋषि धमला पनि शालीन लाग्छन् ।

भारतमा अल्पसंख्यक, खासगरी मुस्लिम समुदाय राज्यसँगै मिडियाको कोपभाजनमा पर्दै आएका छन् । सन् २०१४ मा नरेन्द्र मोदी सत्तामा आएपछि मुस्लिम समुदायका लागि आफ्नै देश बिरानो बनेको छ । राज्यको नजरमा सबै मुस्लिमहरु देशद्रो’ही र पाकिस्तानी एजेन्ट हुन् । राज्यको यही भाष्यलाई मिडियाले काँधमा बोकेर हिँडेका छन् । उनीहरुलाई राज्यले अह्राइरहनु पनि पर्दैन । मोदीले ‘आँ’ पनि गर्न नपाई अलं’कार बुझ्न सक्ने क्षमता भारतीय मिडियामा छ । मुस्लिमलाई ब’दनाम गर्ने अभियानमा आजतक, जी न्यूज, रिपब्लिक न्यूज, नेटवर्क १८ जस्ता च्यानलहरु प्रतिस्पर्धारत छन् ।

पछिल्लो समय मुस्लिमहरुलाई मिडियाले ‘कोरोनाका प्रसारक’ भनेर खुब प्रचारित गरे । भारतमा मुस्लिमले नै कोरोना फैलाएका हुन् भनेर उनीहरु लगातार फलाकिरहे । भारतमा लकडाउन जारी रहेको बेला टिभी प्रस्तोता अर्नब गोस्वामीले रिपब्लिक टीभीमा चि’च्याउँदै प्रश्न गरे, ‘किन मस्जिदको अगाडि मात्रै मानिसहरुको भिड लाग्छ ?’

मुम्बईमा रहेको एउटा मस्जिद नजिक रेल्वे स्टेसन छ । कोरोनाभाइरसका कारण रोजगारी गुमाएका प्रवासी कामदारहरु घर फर्किने आशामा रेल्वे स्टेशन नजिक जम्मा भएका थिए । त्यसको दुई दिन अगाडि यस्तै भिड मोदीको गृहनगर गुजरातमा पनि देखिएको थियो । तर, अर्नबले त्यो भिडलाई कुनै धर्मसँग जोडेका थिएनन् ।

भारतमा मार्चको तेस्रो सातामा कोरोनाभाइरसको त्राश फैलिइसकेको थियो । तर, सरकारले लकडाउन घोषणा गर्नु अगाडिसम्म त्यहाँ सरकारले गत डिसेम्बरमा ल्याएको नयाँ नागरिकता ऐनवि’रुद्ध मुस्लिमहरुले प्रदर्शन गरिरहेका थिए । यस्ता प्रदर्शनलाई भारतीय मिडियाले ‘पाकिस्तानद्वारा प्रवद्र्धित’ भनेर दु’ष्प्रचार गरे । टीभी च्यानलहरुले आ’न्दोलनकारीलाई ‘आ’तंककारी’ का रुपमा पेश गरे ।

यी दुई साना उदाहरण मात्रै हुन् । अर्नबजस्ता थुप्रै टीभी प्रस्तोताहरु छन्, जो भारतमा बीजेपीका हनुमान भनेर चिनिन्छन् । बीजेपीको आदेश पाए कालोलाई सेतो र सेतोलाई कालो भन्न उनीहरुलाई कत्ति पनि हि’च्किचाहट हुँदैन । पाकिस्तान र चीनसँग भारतको त’नाव उत्पन्न हुँदा भारतीय मिडियाहरुले कसरी समाचार प्रशारण गर्छन् हामीले हेरेकै छौं ।

गत वर्षको फेबु्रअरीमा भारत प्रशासित काश्मिरको पलुवामामा आ’तंकबादी समुहको आ’क्रमणमा परी ४६ भारतीय सैनिक मारिए । उक्त आ’तंकवादी समुहलाई पाकिस्तानले संरक्षण दिएको भन्दै भारतीय वायूसेनाले बदलास्वरुप पाकिस्तानी भूमिमा पसेर ब’म फा’क्यो । भारतीय टीभी च्यानलहरुले भारतको ब’मव’र्षाबाट पाकिस्तान ध्व’स्तै भएको जसरी समाचार प्रशारण गरे । पाकिस्तानतर्फ ठूलो न’रसंहार भएको दा’वी उनीहरुले बिनाप्रमाण गरिरहे । तर, अन्तमा पुष्टि भयो कि भारतीय ल’डाकु बिमानले मानिसहरुको आ’वादी नभएको बालाकोटको जंगलमा ब’म ख’सालेर भा’गेको थियो । उक्त वि’ष्फोटमा केही रुखहरुमा क्ष’ति पुगेको थियो भने एउटा भंगेरा म’रेको थियो ।

अहिले चीनसँग जारी रहेको त’नावमा पनि भारतीय मिडियाको शैली उस्तै छ । लद्दाखमा भएको भि’डन्तमा भारततर्फ २० जना सैनिकको हताहती भएको भारत सरकारले स्वीकार्यो । चीनतर्फ भएको कति क्ष’ति भयो भन्ने अहिलेसम्म कुनै तथ्य सार्वजनिक भएको छैन । तर भारतीय मिडियाहरु कमाण्डरसहित ४५ जना चिनीया सैनिक मा’रिएको काल्पनिक समाचार प्रशारण गरेर आत्मरतिमा रमाइरहेका छन् । यस्तै फे’क न्यूजको विजनेसले गर्दा भारतभित्रै पनि त्यहाँका मिडियालाई विश्वास गर्न छोडिएको छ । अनर्व लगायत टिभी प्रस्तोताहरु अदालतमा कैयन मु’द्दाको सामना गरिरहेका छन् । तैपनि उनीहरु सुध्रिन चाहँदैनन् ।

नेपालबारे दु’ष्प्रचारका श्रृंखला

छिमेकी देशहरुलाई भारत सरकारले गर्ने हे’पाहा व्यवहारको प्रतिध्वनी भारतीय मिडियामा प्रकट हुन्छ । उनीहरुले छिमेकी देशका नकारात्मक समाचारलाई मात्रै ठूलो स्थान दिन्छन् । नेपालका सन्दर्भमा पनि त्यही हो । नेपाल र भारतबीच उच्चस्तरीय भ्रमण हुँदा नेपाली मिडियामा त्यो धेरै दिनसम्म हेडलाइन बनिरहन्छ ।

तर, भारतीय मिडियामा चाहिँ त्यसको समाचार दुर्बिन लगाएर खोज्नुपर्छ । नेपालमा कुनै दुखद घ’टना घ’ट्यो भने चाहिँ भारतीय सञ्चारकर्मी झिं’गाले फोहोर खोजेझैं भ’न्किन आउँछन् । वास्तविताभन्दा सयौं गुणा अतिरञ्जित बनाएर समाचार प्रकाशन÷प्रशारण गर्छन् ।

दरबार ह’त्याका’ण्ड र भू’कम्पका बेला नेपालमा भारतीय सञ्चारकर्मी छ्या’प्छ्याप्ती भएका थिए । नेपालीले भारतीय मिडियालाई राम्ररी चिन्ने मौका पाएको चाहिँ भु’कम्पको बेला हो । भुकम्पका बेला भारतीय सञ्चारकर्मीको रिपोर्टिङ यति वा’हियत र न’कारात्मक थियो कि नेपालीहरुले सामाजिक सञ्जालमा ‘ब्याक अफ इन्डियन’ मिडिया भनेर ह्या’सट्याग नै चलाए ।

अहिले जारी सी’मावि’वादमा पनि भारतीय मिडियाको समाचार अत्यन्त सतही र प्रस्तुति अनर्गल छ । उनीहरु वि’वादको जरोमा पुग्नै चाहँदैनन् । कालापानीमा भारतीय फौज कहिलेदेखि किन बस्यो, नेपालको दावीमा कति दम छ, भन्नेतर्फ उनीहरुको फिटिक्कै चासो छैन ।

उनीहरु एउटै सुगारटाई गरिरहेका छन् कि नेपालले चीनको उक्साहटमा यो मु’द्दा उठाइरहेको छ । नेपालमा भारतको इच्छाविपरित हुने कुनै पनि विकासक्रममा चीनको हात देख्ने मनोरोगले भारतीय मिडियालाई गाँजेको छ । अलि सफ्ट भर्सनमा बोल्नेहरुले भन्ने गर्छन्, ‘भारतले नेपालजस्तो असल छिमेकी चीनको पोल्टामा सुम्पिदियो ।’

नेपाल–भारत सी’मावि’वाद बारे भारतीय मिडियामा जेजति रिपोर्ट आएका छन्– तीनको सार यति मात्रै छ कि नेपाल चीनको पोल्टामा गयो । नेपालले उठाएको मु’द्दामा उनीहरुलाई ग’म्भिर बहस गराउनु नै छैन ।  भारतीय मिडिया कसरी टिआरपीका पछाडि मात्रै दौडिन्छन् भन्ने यसबाट पनि पुष्टि हुन्छ कि नेपालमा मन्त्रिपरिषदले नक्शा पारित गरेको समाचारभन्दा उनीहरुका लागि मनिषा कोइरालाको एउटा ट्वीट महत्वपूर्ण हुन गयो । पछिल्लो समय नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र क’लह बढेको छ । पार्टीभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ । यो विकासक्रमलाई लिएर भारतीय मिडियाहरु निकै उत्साहित छन् ।

नेपालको आन्तरिक राजनीतिले भारतीय मिडियामा अभूतपूर्व स्थान पाइरहेको छ । तर, उनीहरुले सद्दे समाचार दिइरहेका छैनन् । नयाँ नक्शा पारित गरेकै कारण ओलीको पद सं’कटमा परेको विश्लेषण सुनाइरहेका छन् । यतिसम्म कि सरकारसँग विभिन्न माग राख्दै युवाहरुले गरेको ‘इनफ इज इनफ’ आन्दोलनलाई उनीहरुले नक्शाको विरोधमा गरिएको भनेर दुष्प्रचार गर्न भ्याए ।

पितपत्रकारिताको उत्कर्ष

भारतीय टीभी च्यानल जी मिडियाले हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आ’पत्तिजनक रिपोर्ट प्रशारण गरेको छ । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सम्वन्धमाथि काल्पनिक कथा बुन्दै सो टीभीले अनर्गल प्रचार गरेको हो । ‘ओली कि ईश्कीया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो छ । चिनिया राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै टिभीले उनैको जालमा फसेर ओलीले भारतवि’रोधी कदम चालिरहेको दा’बी गरेको छ । अनलाइनखबर बाट

Facebook Comments
error: Content is protected !!