निरन्तर घट्दै सुनको मूल्य : पुरानै मूल्य मा आउने सम्भावना !

1 min read

काठमाडौं – नेपाली बजारमा सुनको भाउ दिन प्रतिदिन घट्दै गइरहेको छ। मंगलवार सुनको भाउमा ८ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलवार छापावाल सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार छापावाल सुनमा ८ सय रुपैयाँको गिरावट आएको हो । सोमवार छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलवार तेजावी सुन प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।महासंघका अनुसार, मंगलवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलवार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो । हप्ता दिन देखि लगातार सुन चादीको मुल्य घट्दै आइराखेको छ। यस्तै अझै हप्ता दिन सम्म घट्दै क्रम जारि रहे पुरानै मुल्यमा आउने प्रबल सम्भावना रहेको छ,

Facebook Comments
error: Content is protected !!