सभामुख महराले दिए पदबाट राजिनामा

1 min read

काठमाडौं- स*हकर्मी महिलामाथि ज*र्बजस्तीको आ*रोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनीमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट दबाब बढेपछि रा*जीनामा दिएका हुन् । रिपोर्टर्स नेपालका अनुसार महराले घटनाको नि*ष्पक्ष छा*नविन होस् भनेर रा*जीनामा दिएको बताए । उनले भने, ‘ममाथि झु*टो आ*रोप लगाइएको छ यसको निष्पक्ष छानविन होस् भनेर रा*जीनामा दिएको हुँ ।’नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले महरालाई रा*जीनामा दिन सु*झाव दिएका थिए । ओली र प्रचण्डले सभामुख मुछिएको घ*टनाले सरकार र नेकपाको समेत बदनामी हुनसक्ने भन्दै रा*जीनामा दिन सुझाव दिएका हुन् ।

प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार सभामुख महरालाई रा*जीनामा दिएर घ*टनाको नि*ष्पक्ष छानविनका लागि मार्ग खोलिदिन भनिएको थियो । प्रचण्ड निकटस्थ एक नेताले पनि महरालाई रा*जीनामा दिन सुझाव दिइएको बताए । महराले नेकपाका शिर्ष नेताहरुलाई सम्पर्क गरी आफूलाई फसाउन खोजिएको बताएका थिए । तर, अध्यक्षहरु ओली र प्रचण्डले घटना संवेदनशील भएको र सरकार र पार्टीलाई ब*दनाम गर्न खो*ज्नेहरु सक्रिय हुनसक्ने भन्दै रा*जीना*माका लागि सुझाव दिएका थिए । तीनकुनेस्थित एक महिलाको डेरामा पुगेर उनले ज*र्बज*स्ती गरेको खबर बाहिर आएपछि सभामुख स*मस्यामा परेका थिए । उनले ज*र्बज*स्ती नभएको दाबी गरेर प्रेस विज्ञप्ति निकाल्न लगाएका थिए । यसमा कुनै कठपुतली प्रयोग गरी फसाउन खोजेको उल्लेख गरेका थिए ।

Facebook Comments
error: Content is protected !!