कती बर्ष पुगिन अञ्जली ? आज अञ्जली अधिकारीको जन्मदिन: (अञ्जलीका हिट तस्बिर)

1 min read

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै चर्चामा आउन सफल चर्चित मोडेल तथा डान्सर अञ्जलि अधिकारीको आज शुभ जन्मदिन परेको छ । बर्दिया जिल्लाको एक किसान परिवारमा १९९७ सेप्टेम्बर ३० गते आजैको दिनमा जन्मिएका अञ्जलि अधिकारीलाई चौतारी मिडियाको तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना । संघर्ष र सफलता:- भनिन्छ हरेक मान्छेको हाँसो भित्र आँसु लुकेको हुन्छ, त्यस्तै अञ्जलि अधिकारीको संघर्षको कहानी पनि निकै नै पीडादायी छ । सानैदेखि चन्चले स्वभाभकी, नाच्न भनेपछि हुरुक्कै हुने अञ्जलीको कलाकार बन्ने सपना बाल्यकाल देखिकै भएपनि परिवारको साथ नपाएको उनी बताउँछिन् ।घरको सदस्यमा बाबा र भाइको चाहना उनिलाई नर्स बनाउने भएपनि कलाकारितामा लाग्न ममिले समर्थन गरेपछि हौसिएका अञ्जलिलाई यहाँसम्म आइपुग्न धेरै नै कठिन यात्राहरु पार गर्न परेको उनी बताउँछिन् ।

कसरी सम्भव भयो कलाकारिता प्रवेश गर्न
बर्दिया जिल्लाको एक सांगीतिक कार्यक्रममा पुगेका लोकप्रिय गायक बद्री पंगेनी, पशुपति शर्मा र मोडल तथा नृत्य निर्देशक शंकर बिसीको नजर उक्त कार्यक्रममा नाचेकी अञ्जली अधिकारीमा परेपछि । भविष्यमा राम्रो कलाकार बन्न सक्छिन् भन्ने सोचले अञ्जलीको घरपरिवार सँग कुरा गरेर उनिलाई काठमाडौं सम्म ल्याउन सहयोग गरेका थिए । गोजीमा पाँच सय रुपैयाँ लिएर कलाकार बन्ने सपना मनभरी सजाउँदै राजधानी प्रवेश गरेकी अञ्जलीलाई अब कहाँ बस्ने को सँग बस्ने, कहाँ पुगेर रा’त का’ट्ने, क’हाँ गएर छा’क टार्ने भन्ने बिषयमा केही थाहा थिएन ।

भारी भएको मन सँग हजारौं प्रश्नहरुले उत्तर खोजिरहेको बेला, बद्री पंगेनीको निरमाया दोहोरी साझमा काम गर्ने अवसर पाए।” तर; ‘अझै पनि टुंगो थिएन गाँस र बाँसको’ दोहोरी साझमा काम गर्दै सोही ठाउँमा काम गर्ने दिदिहरु सँग उहाँहरुको कोठामा पालैपालो जाने बस्ने गर्दै धेरै रातहरु बिताएका तितो अनुभव र संघर्षले छिटै नै सफलताको खुड्किलामा तर्फ अञ्जलीलाई डोर्‍यायो । निरन्तर दोहोरीमा काम गर्दै जाँदा गायक बद्री पंगेनीको “खरबारी घाँस काट्दा मायालुले डोको समाईदियो” बोलको गीतबाट म्युजिक भिडियोमा अभिनय अवसर मिल्यो । त्यसपछि पशुपति शर्माको “मेरो माया बसेको गाउँमा, बत्ति बाल्न पर्दैन त्यो ठाउँमा” गीतको भिडियोमा अभिनय गरेपछि केही मात्रामा अञ्जलि अधिकारी भनेर धेरैले चिन्न थाले।

त्यसपछि लगातार म्युजिक भिडियोमा काम गरिरहेकी अञ्जलीलाई प्रकाश सपूत र शान्ती श्री परियारको स्वरमा रहेको “बोलमाया” गीतको भिडियोमा उ’त्कृष्ट अभिनय गरेपछि अधिकारीको चर्चा ह्वा’त्तै चुलियो । पेटमा हुर्किँदै गरेको स’न्तानलाई संसार देखाउने सपना लिएर गाउँमा दु:ख गरिरहेकी महिलालाई धन कमाउन परदेश गएका श्रीमान गु’माउनु पर्दा कति पी’डा हुन्छ भन्ने अञ्जलीले बोलमायाको अभिनयबाट छ’र्लङ्ग पारेकी थिइन् ।बोल माया टिमकै अर्को गीत “गलबन्दी”मा अभिनय गरेर झनै चर्चाको शिखरमा रहेकी अञ्जलि अधिकारीले आज २२ अौं जन्मदिन मनाउँदैछिन् । म्युजिक भिडियो सँगै देश विदेशको कार्यक्रममा ब्यस्त रहेका मोडेल अञ्जलि अधिकारीलाई अहिले भिडियोमा काम गर्न भ्या*इनभ्याई छ भन्दा फरक नपर्ला किनकी उनी द्वारा अभिनित नयाँ म्युजिक भिडियोहरु बजारमा दिनप्रतिदिन आइरहेको छ । हेर्नुहोस अञ्जली अधिकारी केहि तस्बिर’

Facebook Comments
error: Content is protected !!