हिसाब मिल्दा मोज गर्ने नमिल्दा ब*लात्कार भयो भनेर झु*टो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्छ’

सामाजिक अभियन्ता सरु सुनारले मन मिल्दासम्म शारीरिक स*म्बन्ध राख्ने तर केही समस्या आएपछि ब*लात्कार भनेर झु*टो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्ने बताएकी छन् । उनले महिलाको झ*ूटो आरोपकै कारण धेरै पुरुषहरु जेलमा भएको बताइन् ।“ब*लात्कार गर्‍यो र गर्न खोज्यो भन्दैमा पुरुष प*क्राउ गरिन्छ भने मन पर्दासम्म सम्बन्ध राख्ने अनि रिस उठेपछि मलाई ब*लात्कार गर्‍यो भनी झूटो आरोप लगाउने महिलालाई के हुन्छ सजाय ?” सरुको प्रश्न छ । मन पर्दासम्म होटल वा एकान्त ठाउँमा गएर राजी खुशीले शारीरिक सम्बन्ध राख्ने तर मन मिल्न छोडेमा ज*बरजस्ती गर्‍यो भन्दै ब*लात्कार म*ुद्दा दर्ता गर्ने प्रवृति महिलाहरुमा बढ्दै गएको सरुको दाबी छ ।

दलित अगुवा सरुले यो समस्या दलित युवा र गैर दलित महिलामा बढी रहेको बताउँछन् । उनले गैर दलित युवतीले पहिला खुशीले प्रेम गर्ने, विवाह गर्ने तर केही समस्या आएपछि जबरजस्ती गर्‍यो, जात ढाट्यो, ब*लात्कार गर्‍यो भन्दै दलित युवाहरुलाई फसाउने गरेको बताइन् ।“गैरदलित केटीले पहिला दलित युवासँग राजीखुसी प्रेम गर्ने, विवाह गर्ने अनि घर परिवारले थाहा पाएपछि अस्वीकार गर्दै ज*बर्ज*स्ती मलाई जात ढाट्यो थाहै नपाइ ब*लात्कार गर्‍यो भनी बिचरा सिधा दलित युवालाई फसाउने काम भइरहेको छ, यस्ता महिलाहरुलाई किन कारवाही हुँदैन ? महिलाहरु भन्दैमा जे गर्न पनि छुट हुन्छ ?”उनले बास्तवमै ब*लात्कृत भएका महिलाहरुले न्याय नपाएको समेत बताएकी छन् । दलित युवासँग गैर दलित युवतीले गरेको अधिकांश विवाह ब*लात्कार म*ुद्दामा परिणत भएका सरुको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!