अब्बल बन्दै कैलालीको घोडाघोडी क्याम्पस

1 min read

कैलाली, ५ भदौ । बर्खे भेल झै खुलेका कतिपय क्याम्पसहरु विद्यार्थीको अभाव र आर्थिक समस्याले धरासही वन्दै गएका छन भने कतिपय वन्द भएको अवस्थामा घोडाघोडी वहुमुखी क्याम्पसले भने छुट्टै पहिचान वनाउदै गईरहेको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ मा २०६२ सालमा समूदायको पहलमा स्थापना भएको सामूदायिक क्याम्पस मुठिदान ,महायज्ञ दानवाट प्राप्त सहयोगवाट तत्कालिन अवस्थामा संचालन रहेको क्याम्पसे पछिल्लो समय विश्वविद्यालय अनुदानवाट नियमित अनुदान देखि स्कीम डि, उच्चशिक्षा परियोजना हुदै अहिले गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्तगर्ने प्रकृयामा रहेको छ ।

उक्त क्याम्पसका उपप्राध्यापक तथा गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) संयोजक पुष्पराज जैशीले गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र प्राप्तीकालागि दत्तचित्तका साथ कामगरेको बताए । बिश्वविद्यालय अनुदान आयोगले विभिन्न सूचकका आधारमा प्रदान गर्ने गुणस्तर प्रत्यायन प्रमाणपत्र प्राप्त पछि आयोगबाट सूचकका आधारमा अनुदान पाउने भएकाले पनि सामूदायिक उक्त क्याम्पसले पछिल्लो समय शैक्षिक गुणस्तर देखि भौतिक गुणस्तरमा निक्कै सुधार गरेको समेत उनले बताए ।

आयोगको अनुदानले क्याम्पसको भौतिक तथा शैक्षिक सुधारमा निक्कै ठुलो सहयोग पुगेको समेत उनले वताए । अहिले हामी गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गर्नका लागि निक्कैनै मिहेनत गरेका छौ,क्याम्पसका सवै प्राध्यापक कर्मचारी गुणस्तरीय शिक्षा सुधारका लागि काम गरेको र विगत भन्दा निक्कैनै सुधार भएको छ जैशीले भने ।

प्रत्येक वर्ष नयाँ थप कार्यक्रम थपे संगै विद्यार्थी संख्यापनि वृदि हुदै गईरहेको उक्त क्याम्पसमा +2 तह देखि स्नातकोत्तर तह सम्म अध्ययापन हुने जिल्लामा तेस्रो नम्वरमा पर्दछ । १० प्रतिशत नतिजालाई २५ प्रतिसतमा पुर्याएको छ भने सुविद्या सम्पन्न कक्षा कोठा , दक्ष जनशक्ति ,शान्तवातावरण, खानेपानी,शौचालयको राम्रो ब्यवस्था रहेको क्याम्पस प्रमुख दिनेश राज जोशीले बताए ।

क्याम्पसमा सुदुरपश्चिमका पहाडी जिल्ला, कालिकोट, जुम्ला,सेरोफेरोका ६ वटा नगरपालिका गाँउपालिका का महिला,दलित जनजाती, अपांग, अल्पसंख्यक, मुक्तकमैयाका छोराछोरी, मुक्त कमलरी लगायतले अध्ययन गर्दै आएका छन् । ४० जना विद्यार्थीवाट शुरु भएको क्याम्पसमा अहिले एक हजार छ सय विद्यार्थी संख्या रहेको वताउदै क्याम्पस प्रमुख जोशीले गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र प्राप्त भएपछि क्याम्पसले आयोगवाट ठुलो अनुदान पाउने भएकाले पनि क्याम्पसको सवै क्षेत्रको सुधारमा जुटेको वताए । उनले सवैकाम अन्तिम चरणमा पुगेकोले आयोगको विशेषज्ञ सहितको टोलीले भदौ पहिलो साता अन्तिम अनुगमन गर्ने र यहिवर्ष गुणस्तर सुनिश्चितता प्रत्यायनको प्रमाणपत्र पाउने विश्वास ब्यक्त गरे ।

अर्काको भवनमा भाडामा संचालन भएको यस क्याम्पस शिवशक्ति सामूदायिक बनले भोगाधिकार दिएको करिव ८ विगाह जमिनमा अहिले ३२ कोठे आफ्नै भवन निर्माणमा यहाँका स्थानियको पनि महत्वपुर्ण भूमिका छ । क्याम्पसलाई सवा करोड दान गरेका स्थानिय दानवीर भवानीशंकर आचार्यले शिक्षामा पहुँच नभएकाहरुका लागि यो क्याम्पसले शिक्षा दिएको वताउदै स्थानियको अपनत्व र लगाव रहेको वताए । कैलाली बहुमुखी क्याम्पस र टिकापुर बहुमुखी क्याम्पसले यस अघिनै विश्वविद्यालय अनुदान आयोगवाट गुणस्तर प्रत्यायन प्रमाणपत्र प्राप्त गरेका छन् ।-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!