मन्त्री र सांसदहरुलाई दशैं खर्च बाँडिदै, कसलाई कति बाँडियो ?

काठमाडौं । सरकारले मन्त्री तथा सांसदहरुलाई दशैं खर्च दिने भएको छ । भदौ अन्तिममा बसेको मन्त्रीपरिषद् बैठकले मन्त्री तथा सांसदहरुर्लाइ दशैंखर्च दिने भएको हा । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले मन्त्री, सांसदहरुलाई चाडवाड खर्चस्वरुप एक महिनाको तलब बराबरको रकम दिने प्रस्ताव पारित गरेको हो। यद्यपी असोज २ गते भएको मन्त्रीपरिषद् बैठकमा गोकुल बास्कोटाले उक्त निर्णय गोप्य राखेका थिए । भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद बैठकहरुका २६ निर्णय बास्कोटाले सरकारको उक्त निर्णय सार्वजनिक गरेका थिएनन् ।

सरकारले ६ महिना सेवा पूरा गरेका मन्त्रीका सल्लाहकार तथा स्वकिय सचिवहरुलाई समेत दशैँ खर्च दिने भनेर निर्णय गरेको छ। उनीहरुको तलबमान बढाउने निर्णय समेत सरकारले गरेको छ। निर्णयअनुसार बढेको तलबमानअनुसार उनीहरुले दशैँ खर्च पाउनेछन्। मन्त्रिपरिषदले सांसदहरुको तलब ६४ हजार ७० कायम गरी सोहीअनुसार दशैँ खर्च दिन निर्णय गरेको हो। सरकारको निर्णयअनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ७५ हजार ६४० रुपैयाँ दशैँ खर्च पाउनेछन्। गोकुल बाँस्कोटा, रामबहादुर थापा बादल, योगेश भट्टराई, थममाया थापा, लालबाबु पण्डित, शक्ति बस्नेत, मातृक यादब, उपेन्द्र यादवसहित सबै मन्त्रीहरुले ७० हजार ७३० रुपैयाँ दशैँ खर्च पाउनेछन् ।

पर्यटनराज्यमन्त्री धनबहादुर बुढा तथा डा. सुरेन्द्रकुमार यादवले दशैँ खर्चबापत ६७ हजार ३० रुपैयाँ पाउनेछन्। सरकारको निर्णयअनुसार प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले समेत दशैँ खर्च पाउनेछन्। संघीय सांसदकी उपसभामुख शिवमाया तुम्बाहाम्फे र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको दशैँ खर्च दर एकै रहेको छ। दुवैले ७० हजार ३३० रुपैयाँ दशैँ खर्च पाउनेछन्। सांसदहरुलाई दशैँ खर्चबापत सरकारले ६४ हजार ७० रुपैयाँ दिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!