फेरी आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको

1 min read

काठमाडौं असोज १३, २०७६। पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाली बजारमा सुन आज प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनको भाउ तोलामा २ सयले घटेको छ। आइतबार ७० हजार २ सयमा कारोबार भएको सुन सोमबार २ सयले घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन तोलामा ६ सयले घटेको थियो। तेजाबी सुनको मूल्य तोलाको ६९ हजार ७ सय रुपैयाँ कायम गरिएको छ। यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ८४० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी ८४५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन (आइतबार)को तुलनामा सुन प्रतितोला दुई सय रुपैयाँ घटेको हो । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँ कायम भएको छ ।

Facebook Comments
error: Content is protected !!