दसैँ तिहार लगत्तै सडक तताउन तयार रहनुस: गगन थापा

रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले दशैँ तिहारपछि कांग्रेसले सरकारवि*रुद्ध नागरिक सडकमा उतार्ने बताएका छन् । गुल्मीको हाडहाडे जाने क्रममा बिहान बुटवलमा कार्यकर्ता भेलामा बोल्दै थापाले सरकारले कानुन बनाएरै नागरिकको मौलिक हक, सम्पतिमाथिको हक खोस्ने तयारी गरेकोले त्यसको प्रतिवाद कांग्रेसले सदन र सडकबाट गर्ने चे*तावनी दिए । संसदमा बहुमत छ भन्दैमा एकपछि अर्को गर्दै सरकारले नागरिकका अधिकार खोसिरहेको भन्दै नेता थापाले सरकारको प्रतिरोधको लागि तयार हुन कार्यकर्तासँग आव्हान गरे । सरकार अलोकप्रिय भइरहेको पीडा पोख्न नेकपाले कार्यकर्तालाई व्यक्तिमाथि आ*क्रमणमा उतार्न थालेको भन्दै उनेले लोकतन्त्रमा सबैले सबै प्रकारका विचार राख्न पाउनुपर्ने बताए । ‘संविधान निर्माणको अगुवाई गरेको कांग्रेसको दायित्व संविधानको संरक्षण पनि हो ’ थापाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!