मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना

1 min read

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बुधबार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए ।कार्यकारी निर्देशक कँडेलले भने, ‘आशय सूचना सकियो भोलि हामी बैठक बस्छौँ र ठेक्का एसेप्ट गरेको पत्र दिन्छौँ, चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिइने पक्कापक्की जस्तै भएको छ । उनका अनुसार समितिले अनुमान गरेभन्दा करिब १५ प्रतिशत अर्थात ४५ प्रतिशत देखि ५० करोड रुपैयाँ कममा सिनो डाइड्रोले बोलपत्र पेस गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

ठूला पूर्वाधार आयोजना सरकारी अनिर्णयका बन्दी

मुलुकको अर्थतन्त्रमा बहुआयामिक प्रभावपार्ने ठूला पूर्वाधार आयोजनाहरुको भविष्य निर्माणको मोडालिटी र विस्तृत अध्ययन प्रतिवेदन९डीपीआर० बनाउनमा भएको सरकारी ढिलासुस्तीले अनिर्णयको बन्दी हुन पुगेको छ ।राष्ट्रिय गौरवका आयोजनाका रुपमा वर्गीकरण गरिएका बूढीगण्डी जलविद्युत, काठमाडौँ–तराई द्रूतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पश्चिम सेती जलविद्युत्, कर्णाली–चिसापानी जलविद्युत् र पश्चेश्वर वहुउद्देश्यीय आयोजनामध्ये केही डिपीआर निर्माणमा ढिलाइ भएर त केही निर्माणको मोडालिटी तयार नगरिएर अगाडि बढ्न सकेका छैनन् । यो समाचार आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।

अकुत सम्पत्तिः १४० जनामाथि अनुसन्धान हुँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरु सार्वजनिक हुनेछन् भने । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औँ स्थापना दिवसमा मंगलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल कार्यक्रममा उनले आयोगले अहिले विविध प्रकृतिका एक हजार पाँच सयवटा भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Facebook Comments
error: Content is protected !!