बागेश्वरी मन्दिरको जग्गा हिनामिना, ८४ बिघा व्यक्तिका नाममा

1 min read

पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको छ। जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लाल पुर्जा समेत लिइसकेका छन्। इन्द्रपुर ‘क’ अन्तर्गत कित्ता नं. २३, २९, ३५, १७, ३७, २८०, १०८ र १५६ को २ बिघा ३ कट्ठा ८ धुर जग्गा गोकर्ण कुर्मीको नाममा गएको देखिन्छ। यस्तै इन्द्रपुर–३ ‘क’ अन्तर्गत कित्ता नं. ६१२ को १५ कट्ठा ६ धुर जग्गा अब्दुल हसिब सिद्धिकीका नाममा रहेको छ। गोकर्ण र सिद्धिकीले जस्तै अरूले पनि मन्दिरको जग्गा ‘रैकर’ मा परिणत गरी आफ्नो नाममा गराएको पाइएको छ। कतिपयले आफ्नो नाममा पारिएको जग्गा बिक्री समेत गरिसकेका छन्। मालपोत कार्यालयमा देखिएको लगतअनुसार सो जग्गा पहिले ”

बागेश्वरी मन्दिरका नाममा भए पनि जग्गा जोतभोग गर्दै आएकाले रैकरमा परिणत गरी लालपुर्जा लिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीले बताए। जग्गाधनीले रैकरबापत ‘राजगुठी’ अन्तर्गत दर्ता भएको बागेश्वरी गुठी व्यवस्थापन समितिलाई मालपोतका रुपमा वार्षिक ७ हजार रुपैयाँ बुझाउँदै आएको उनले जानकारी दिए। समितिका अनुसार गुठीको जग्गामा बसोबास गरेका व्यक्तिसँग राज्यले केही शुल्क लिएर त्यसलाई उनीहरूका नाममा पास गरिदिने व्यवस्था ‘रैकर’ हो। यो समाचार आजको नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् ।

यो पनि पढ्नुहोस् – भर्ती केन्द्र बन्यो लुम्बिनी विकास कोष
बुघ जन्मस्थललाई विश्वकै शान्ति क्षेत्र बनाउन स्थापित लुम्बिनी विकास कोषलाई पहुँचवाला नेता तथा कर्मचारीले भर्ती केन्द्र बनाएका छन् । कोषमा कर्मचारीको छनोटको विकृति डेढ दशक देखि सुरु भएको स्थानीय सरकोकारवाला बताउँछन् । उनीहरुका अनुसार जो शक्तिमा पुग्यो, उही निकटले अवसर पाउँदै आएका छन् र कर्मचारी नियुक्त गर्दा ऐन, विनियमा वलीलाई बेवास्ता गर्ने गरिएको छ । यहाँ नियुक्त कर्मचारीको ध्यान लुम्बिनी क्षेत्रको विकास, रेखदेख र भलाइभन्दा शक्तिकेन्द्र रिझाउन हुने गरेको छ । पदाधिकारीमा हुने राजनीतिक नियुक्तीको असर कर्मचारी चयनमा पर्ने गरेको हो । यो समाचार कान्तिपुर दैनिकमा माधव ढुंगानाले लेखेका छन् ।

Facebook Comments
error: Content is protected !!