नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो”

काठमाडौं, १५ जेठ । नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वातै बढ्न थालेको छ । नेपालमा आज (बिहीबार) मध्यान्हसम्ममा थप १५६ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार (आज) देशभर थप १५६ जनामा संक्रमण देखिएको जानकारी दिएको हो । झापामा थप २५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टिभएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया एक हजार नाघेको छ । आज भेटिएका संक्रमित नेपालमा अहिलेसम्मकै बढी हुन् । बुधबार ११४ जनामा कोरोना संक्रमण भेटिएको थियो । नेपालमा १८७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । जसमा पुरुषहरु १४४ र महिला ४३ जना छन् । हालसम्म पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *